दक्षिण अफ्रिकाविरुद्धको पहिलो टेस्टमा भारतको लज्जास्पद हार « प्रशासन
Logo १९ बैशाख २०८१, बुधबार
   

दक्षिण अफ्रिकाविरुद्धको पहिलो टेस्टमा भारतको लज्जास्पद हार


१३ पुस २०८०, शुक्रबार


काठमाडौँ । दक्षिण अफ्रिकाविरुद्धको दुई खेलको टेस्ट सिरिजको पहिलो खेलमा भारतले लज्जास्पद हार व्यहोरेको छ । 

दक्षिण अफ्रिकाले दोस्रो इनिङमा बनाएको ४०८ रन दुई इनिङमा पनि बनाउन नसकेपछि भारत एक इनिङ र ३२ रनले पराजित भएको हो । 

दक्षिण अफ्रिकाको सेन्चुरियनस्थित सुपरस्पोर्ट्स पार्कमा टस हारेर ब्याटिङमा तानिएको भारतले पहिलो इनिङमा ६७.४ ओभरमा २४५ रन बनाएको थियो ।

पहिलो इनिङमा भारतका लागि केएल राहुलले १०१ रनको शतकीय पारी खेल्दा विराट कोहलीले ३८ रन बनाए । त्यसबाहेक अन्य खेलाडीले सम्झनलायक प्रदर्शन गरेनन् । दक्षिण अफ्रिकाका कागिसो रबाडाले पाँच तथा नान्द्रे बर्गरले तीन विकेट लिए ।

जवाफी ब्याटिङमा उत्रिएको दक्षिण अफ्रिकाले १०८.४ ओभर खेल्दै ४०८ रन बनायो। उसका लागि डिन इलगारले १८५ रनको शतकीय पारी खेल्दा मार्को जेसनले ८४ र डेभिड बेडिन्घमले ५६ रनको अर्धशतकीय पारी खेले । 

भारतका जसप्रित बुमराहले चार तथा मोहम्मद सिराजले दुई विकेट लिए । १६३ रनको पछि परेको अवस्थामा दोस्रो इनिङ थालेको भारतले मात्र १३१ रन मात्र बनाउन सक्यो । उसका लागि विराट कोहलीले ७६ र शुभमन गिलले २६ रन बनाए। अन्य खेलाडीले दोहोरो अंकमा रन जोड्न सकेनन् । 

Tags :
प्रतिक्रिया दिनुहोस