आज पनि सकिएन सन्दीप लामिछानेविरुद्धको मुद्दाको सुनुवाइ « प्रशासन
Logo १६ बैशाख २०८१, आइतबार
   

आज पनि सकिएन सन्दीप लामिछानेविरुद्धको मुद्दाको सुनुवाइ


११ पुस २०८०, बुधबार


काठमाडौँ । क्रिकेटर सन्दीप लामिछानेमाथि लागेको बलात्कार मुद्दामाथि जिल्ला अदालत काठमाडौँमा सुरु भएको सुनुवाइले बुधबार पनि निरन्तरता पाएको छ ।

तर बुधबार पनि सुनुवाइ नसकिएपछि जिल्ला अदालतले मुद्दालाई हेर्दाहेर्दैमा राखेको छ । गत आइतबारदेखि सन्दीपविरुद्धको मुद्दामा न्यायाधीश शिशिरराज ढकालको इजलासमा निरन्तर सुनुवाइ भएको छ ।

बुधबार पनि सरकारी वकिल र पीडितका कानुन व्यवसायीहरूले बहस गरेका छन् । सन्दीपका कानून व्यवसायीको बहस र पीडित पक्षको जवाफी बहसपछि इजलासले निर्णय सुनाउने छ ।

Tags :
प्रतिक्रिया दिनुहोस