इलाम-२ मा डम्बर खड्काको अग्रता कायमै, मतान्तर घटाउँदै सुहाङ « प्रशासन
Logo ३१ बैशाख २०८१, सोमबार
   

इलाम-२ मा डम्बर खड्काको अग्रता कायमै, मतान्तर घटाउँदै सुहाङ


१६ बैशाख २०८१, आइतबार


काठमाडौँ । इलाम-२ को मतगणना जारी रहँदा काँग्रेस उम्मेदवार डम्बर खड्काको अग्रता कायमै रहेको छ । फाकफोकथुम गाउँपालिका वडा नम्बर १ र २ को मतगणना सकिँदा खड्काले ११४५ मतका साथ अग्रता कायम राखेका छन् ।

एमालेका सुहाङ नेम्वाङले १०६३ मतका साथ पछ्याइरहेका छन् । यसअघि वडा नम्बर १ मा डेढ सय बढीको अग्रता लिएका खड्का वडा नम्बर २ मा पुग्दा ८२ मतले अगाडि छ । यी दुवै वडा काँग्रेसले जितेका हुन् ।

तर, २ नम्बर वडामा सुहाङले काँग्रेसको भन्दा बढी मत पाएपछि अग्रता साँघुरिएको हो । सो वडाबाट एमालेले ५२९, काँग्रेसले ४८८, स्वतन्त्र उम्मेदवार डकेन्द्र थेगिमले १२४ र रास्वपाका मिलन लिम्बुले ९४ मत पाएका छन् ।

दुवै वडाको मत गणना सकिदा काँग्रेस ११४५,एमाले १०६३, मुडा ३११ र घण्टीले २०९ मत पाएका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस