बझाङ-१ (१) मा एमालेका भण्डारीले बनाए दोब्बर मतको अग्रता « प्रशासन
Logo ३१ बैशाख २०८१, सोमबार
   

बझाङ-१ (१) मा एमालेका भण्डारीले बनाए दोब्बर मतको अग्रता


१६ बैशाख २०८१, आइतबार


काठमाडौँ । प्रदेश सभा निर्वाचन क्षेत्र नम्बर-१ मा भएको उपनिर्वाचनमा नेकपा एमालेका दमनबहादुर भण्डारीले दोब्बर मतको अग्रता बनाएका छन् ।

छवीस पाथीभरा गाउँपालिका वडा नं. १ र २ को मतगणना भइसक्दा भण्डारीले ७५७ मत पाएका छन् । नेपाली काँग्रेसका अभिषेकबहादुर सिंहले ३८० मत पाएका छन् । एमाले र काँग्रेसका बीचको मतान्तर ३७७ छ ।

त्यस्तै, नेकपा एकीकृत समाजवादीका दिलबहादुर सिंहले ११५, नेकपा माओवादी केन्द्रका जनकबहादुर बुढाले २२६ र राष्ट्रिय प्रजातन्त्र पार्टीका किशोरकुमार खड्काले ९ मत पाएका छन् ।

मुख्य निर्वाचन अधिकृत सुदर्शन लामिछानेका अनुसार छविसपाथिभेरा गाउँपालिकाबाट मतगणना सुरु भएको हो । एकै पटक दुई ठाउँमा मतगणना भइरहेको छ। शनिबार भएको उपनिर्वाचनमा यहाँ ४९।१२ प्रतिशत अर्थात् ३० हजार ३२८ मत खसेको थियो । यहाँ प्रदेशसभा सदस्यका लागि विभिन्न राजनीतिक दलका ११ उम्मेदवार प्रतिस्पर्धामा छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस