लुम्बिनी प्रदेश प्रमुख शेरचनलाई ब्रेन स्ट्रोक भएपछि अस्पताल भर्ना « प्रशासन
Logo ३१ बैशाख २०८१, सोमबार
   

लुम्बिनी प्रदेश प्रमुख शेरचनलाई ब्रेन स्ट्रोक भएपछि अस्पताल भर्ना


१६ बैशाख २०८१, आइतबार


काठमाडौँ । लुम्बिनी प्रदेशका प्रदेश प्रमुख अमिक शेरचनलाई ब्रेन स्ट्रोक भएपछि उपचारका लागि काठमाडौँस्थित मेडिसिटी अस्पतालमा भर्ना गरिएको छ ।

वैशाख १३ गते बिहीबार साँझदेखि बिरामी परेका शेरचनको ललितपुर भैंसेपाटीस्थित मेडिसीडी उपचार भइरहेको र अहिले खतरामुक्त रहेको उनको सचिवालयले जानकारी दिएको छ । 

शेरचनको देब्रे हात नचल्ने भएको छ । उनलाई आइसियुबाट अहिले क्याबिनमा सारिएको छ । चिकित्सकको सल्लाहअनुसार अझै केही दिन अस्पतालमा राख्नुपर्ने भएको छ ।

८२ वर्ष शेरचन ३२ महिना पहिले लुम्बिनी प्रदेशको प्रमुखको जिम्मेवारीमा आएका हुन् । 

Tags :
प्रतिक्रिया दिनुहोस