२० बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

घरेलु मदिरा उत्पादनलाई उद्योगमा रूपान्तरण गरेर ब्राण्डिङ गरौँ : मुख्यमन्त्री चौधरी

अ+ अ-

काठमाडौँ। लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले घरेलु मदिरा उत्पादनलाई उद्योगमा रूपान्तरण गरेर ब्राण्डिङ गर्नुपर्ने बताएका छन् ।

बुटवलको गौतमबुद्ध सामुदायिक मुटु अस्पतालको ११ औँ वार्षिकोत्सव उद्घाटन गर्दै उनले विदेशबाट वर्षेनी अर्बौँ रकमको मदिरा आयात हुने गरेको भन्दै आयात प्रतिस्थापन गर्न घरेलु मदिरालाई उद्योगबाट उत्पादन गरी गुणस्तरीय र ब्राण्डेड बनाउनुपर्ने बताए ।

घरेलु मदिरा उत्पादनलाई उद्योगमा रूपान्तरण गर्न सक्ने हो भने गाउँघरमा हजारौँ रोजगारी सिर्जना हुने र मानव स्वास्थ्यको जोखिम पनि कम हुने बताए ।

‘हामी विदेशबाट सामान आयात गरेर बेच्ने र नाफा कमाउनेमा मात्रै सीमित भयौँ, आफ्नै देशमा उत्पादन गरौँ, रोजगारी सिर्जना गरौँ भन्नेमा ध्यानै छैन’, मुख्यमन्त्री चौधरीले भने, ‘मदिराकै कुरा गर्ने हो भने नेपालमा मगर, थारु लगायत जातिले घरेलु मदिरा उत्पादन गरिरहेका छन्, त्यसको ठूलो मात्रामा कारोबार पनि भएको छ तर करको दायरामा आएको छैन ।’

घरेलु मदिराको गुणस्तरमा पनि प्रश्न उठेको भन्दै उनले यसलाई उद्योगमा परिणत गर्न सके नेपालमै गुणस्तरीय उत्पादन गर्न सकिने बताए । मुख्यमन्त्री चौधरीले घरेलु मदिरा उत्पादनलाई उद्योगमा रूपान्तरणका लागि लुम्बिनी सरकारले निजी क्षेत्रसँग मिलेर अध्ययन गर्न ८ करोड रुपैयाँ बजेट छुट्याएको पनि बताए ।

पर्यटकलाई विदेशी मदिरा नभई नेपालकै ब्राण्डेड मदिरा बेच्न सके विदेशी मुद्रा आर्जन हुने सुझाए ।

प्रतिक्रिया दिनुहोस