काठमाडौँ । सुनको मूल्य आज तोलामा ६ सय रुपैयाँले बढेको छ । सुनको भाउ आज छ सय रुपैयाँले बढेर तोलाको १ लाख २० हजार ५ सय रुपैयाँ तोकिएको छ ।
यस्तै, आज चाँदीको मूल्य पनि बढेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । आज चाँदीको मूल्य १० रुपैयाँले बढेर तोलाको १ हजार ४ सय ८५ रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ ।







