काठमाडौँ । पूर्व प्रधान न्यायाधीश कल्याण श्रेष्ठले देशको राजनीतिले देशमा बसौँ बसौँ भन्ने स्थिति नभएको बताएका छन्।
आइतबार एक कार्यक्रममा बोल्दै श्रेष्ठले राजनीतिका कारण देश छोडौँ जस्तो बनाएको बताएका हुन्। देशमा भइरहेको राजनीतिले कुनै समाधान र निकास नदिएको उनको भनाइ थियो।
‘मलाई के लाग्छ भने राजनीतिले समाधान दिइरहेको छैन। राजनीति जरजर छ। उत्पादनहीन छ। यसले देशको महिमा बढाउने भन्दा पनि देशलाई पीडा दिएको छ,’ उनले भने, ‘निकास दिएको छैन, प्रोत्साहन दिएको छैन, हौसला दिएको छैन। देशमा बसौँ बसौँ जस्तो पारेको छैन, देश छोडौँ छोडौँ जस्तो बनाएको छ।’