६ खर्ब ४२ अर्बको आयात हुँदा ६३ अर्ब २० करोडको निर्यात « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

६ खर्ब ४२ अर्बको आयात हुँदा ६३ अर्ब २० करोडको निर्यात


८ पुस २०८०, आइतबार


काठमाडौँ । चालु वर्षको साउनदेखि मङ्सिरसम्म ६ खर्ब ४२ अर्ब २० करोड रुपैयाँ बराबरको वस्तु आयात गरिएको छ । सोही अवधिमा ६३ अर्ब २० करोड ७४ लाख वस्तु निर्यात भएको भन्सार विभागले जनाएको छ ।

गत आर्थिक वर्षको पाँच महिनाको तुलनामा चालु आर्थिक वर्षको पाँच महिनामा आयात र निर्यात दुवै घटेको हो । गत आर्थिक वर्ष साउन-मङ्सिरसम्म ६ खर्ब ६४ अर्ब ७४ करोड ६४ लाख रुपैयाँको वस्तु आयात गरिएको थियो भने सोही अवधिमा ६७ अर्ब ३० करोड ४५ लाखको वस्तु निर्यात गरिएको थियो ।

विभागका अनुसार सबैभन्दा बढी ५३ अर्ब ९० करोड ३२ लाख रुपैयाँको डिजेल आयात गरिएको छ । पेट्रोल र ग्यास क्रमशस् २८ अर्ब ५५ करोड ८६ लाख रुपैयाँ र २० अर्ब ६५ करोड ५८ लाख रुपैयाँ बराबरको आयात गरिएको हो । मुलुकबाट सबैभन्दा बढी गलैँचा र अलैँची निर्यात भएको छ । विभागका अनुसार साउनदेखि मङ्सिरसम्म ४ अर्ब ५३ करोड रुपैयाँ बराबरको गलैँचा र ३ अर्ब ९ करोड रुपैयाँ बराबरको अलैँची निर्यात भएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस