२० बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

कैलालीमा पहिलो पटक समलिङ्गी विवाह दर्ता

अ+ अ-

काठमाडौँ । कैलालीमा पहिलो पटक समलिङ्गी विवाह दर्ता भएको छ । हिन्दु परम्परा अनुसार चार वर्ष अघि विवाह गरेका कैलारी गाउँपालिका-८ का प्रकाश चौधरी र दाङको तुलसीपुर उपमहानगरपालिका- १ बस्ने मनिला न्यौपानेले विवाह दर्ता गरेका हुन् ।

शुक्रबार कैलारी गाउँपालिका-८ को वडा कार्यालयले उनीहरूलाई विवाह दर्ताको प्रमाणपत्र उपलब्ध गराएको हो । गत १२ असारमा सर्वोच्च अदालतले समलिङ्गी विवाहलाई मान्यता दिएपछि कैलालीमा चौधरीको जोडीले पहिलो पटक विवाह दर्ता गराएका हुन् ।

यसअघि लमजुङको दोर्दी गाउँपालिकाले नेपालमै पहिलो पटक समलिङ्गी जोडी माया गुरुङ र सुरेन्द्र पाण्डेको विवाह दर्ता गराएको थियो । शनिबार धनगढीमा आयोजित पत्रकार सम्मेलनमा निलहिरा समाजका अध्यक्ष पिंकी गुरुङले दिएको जानकारी अनुसार कैलाली जिल्लामा पनि तेस्रो लिङ्गी विवाह दर्ता भएको छ ।

समलिङ्गी विवाह गरेका प्रकाश र मनिलाले आफूहरूको विवाहले कानुनी मान्यता पाएको भन्दै खुसी व्यक्त गरेका छन् । ‘लामो सङ्घर्षपछि आज हामीलाई एउटा खुसी मिलेको छ । हामीले परम्परागत रुपमा विवाह गरेको चार वर्षपछि कानुनीरुपमै विवाह दर्ता प्रमाणपत्र पाएका छौँ,’ प्रकाशले भने ।

प्रतिक्रिया दिनुहोस