२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

खैरहनी नगरपालिकाले घटायो प्रशासनिक खर्च

अ+ अ-

चितवन । पूर्वी चितवनको खैरहनी नगरपालिकाले चालु आर्थिक वर्ष २०८०/८१ को आम्दानी र खर्चको समीक्षा गर्दै चालु खर्चको बजेट संशोधनसहित पारित गरेको छ । शुक्रबार सम्पन्न चौधौँ नगर सभाले चालु खर्चतर्फ रु एक करोड नौ लाख बजेट घटाएको हो ।

नगरप्रमुख शशीकुमार खनियाका अनुसार चालु खर्चबाट घटाइएको रकमलाई पुँजीगत खर्चमा रकमान्तर गरी विभिन्न विकास निर्माणको योजनामा विनियोजन गरिएको छ । विकास निर्माणका कार्यक्रमलाई प्राथमिकता दिँदै नगरवासीको जनआकाङ्क्षा सम्बोधन गर्न प्रशासनिक खर्च कटौती गरिएको नगरप्रमुख खनियाले बताए ।

नगर सभाबाट पारित भएका महत्त्वपूर्ण निर्णयको जानकारी गराउँदै नगरप्रमुख खनियाले खैरहनी नगरवासीले उपचारको लागि रगत लिन रक्त सञ्चार केन्द्रलाई बुझाउनुपर्ने शुल्क नगरपालिकाले भुक्तानी गर्ने निर्णय गरेको जानकारी दिए ।

चालु आवको साउन महिनामा सम्पन्न दोस्रो नगर सभाले चालु खर्चतर्फ कार्यालय सञ्चालन तथा प्रशासनिक खर्चको व्यय अनुमान रु ११ करोड ९९ लाख विनियोजन गरेकामा चौधौँ नगर सभाले सो अनुमानित बजेट घटाएर रु १० करोड ९९ लाख कायम गरेको छ । विभिन्न नगरस्तरीय कार्यक्रमको व्यय अनुमान रु ४९ लाख २५ हजारलाई रकमान्तर गरी रु ४० लाख २५ हजार कायम गरिएको नगर उपप्रमुख कविता उप्रेतीले राससलाई बताए ।

नगर सभामा उपप्रमुख उप्रेतीद्वारा पेस भएको तेह्रौँ नगर सभाबाट स्वीकृत आव २०८०/८१ को बजेट, योजना तथा कार्यक्रम संशोधनसम्बन्धी प्रस्ताव र विभिन्न राजस्वका दरहरूलाई संशोधनसम्बन्धी प्रस्तावसभासमक्ष पेश भई सर्वसम्मतरुपमा पारित गरिएको छ ।

खैरहनी नगरपालिकाको चौधौँ नगर सभामा कार्यपालिकाले चालु आव साउनदेखि हालसम्म गरेका निर्णयहरू अनुमोदन गर्नेसम्बन्धी प्रस्ताव, खैरहनी नगर अस्पतालको सङ्गठन तथा व्यवस्थापन सर्वेक्षण प्रतिवेदन सर्वसम्मतिले पारित गरेको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत विष्णु सापकोटाले जानकारी दिए ।