काठमाडौँ । नेपाल प्रहरीका ६६२ जना प्रहरी वरिष्ठ हवल्दार असईमा बढुवा भएका छन् ।
प्रहरी प्रधान कार्यालय नक्सालमा रहेको बढुवा समितिको बिहीबार बसेको बढुवा सिफारिस समितिको बैठकले प्रहरी नियमावली, २०७१ (संशोधन सहित)को नियम २७ को उपनियम ४ अनुसार उनीहरूको बढुवा गरेको हो ।
सचिवालयले बढुवा हुनेहरूको सूची सार्वजनिक गर्दै बढुवा नियुक्ति भएका सबै प्रहरी अधिकारीलाई प्रचलित नियम बमोजिम तलब, भत्ता तथा राशनसमेत अहिले पदस्थापन भएको दरवन्दीबाट पाउने गरी पदस्थापन गरिएको र आवश्यक कारबाही गर्न गराउन तथा दर्ज्यानी चिन्ह प्रदान गर्न गराउनसमेत सम्बन्धित कार्यालयलाई अनुरोध गरेको छ ।