२२ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

अर्थतन्त्रका स्रोतहरूमा धेरै फेरबदल आइरहेको छ : सांसद वाग्ले

अ+ अ-

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद तथा अर्थविद्ध स्वर्णिम वाग्लेले अहिले अर्थतन्त्रका स्रोतहरूमा धेरै फेरबदल आइरहेको बताएका छन् ।

बिहीवार बिहान वैदेशिक सहायताको प्रभावकारिता सम्बन्धी अध्ययन प्रतिवेदन सार्वजनिक कार्यक्रमलाई सम्बोधन गर्दै सांसद वाग्लेले कर्मचारी जलवायु परिवर्तन, नेपालीहरू बाहिर बस्ने प्रवृत्तिका कारण अर्थतन्त्रका स्रोतहरूमा बदलाव आइरहेको बताएका हुन् ।

उनले भने, ‘अहिले अर्थतन्त्रका स्रोतहरूमा पनि धेरै बद्लावहरु आइरहेका छन् । अहिले संरचनागत रूपमा जलवायु परिवर्तनका कुराहरू जोडिने महत्त्वपूर्ण कुराहरू भइरहेको छ । ठुला संरचनागत परिवर्तनहरू भइरहेको छ । तीन करोडमा एक करोड नेपालीहरू बाहिर बस्ने जस्तो सारा कुराले गर्दा नयाँ नयाँ विकासका चुनौतीहरू पनि आउन थालेका छन् । त्यतातिर ध्यान दिन जरुरी छ ।’

सांसद वाग्लेले ठेकदार, नेता र कर्मचारीको मिलेमतो नियुक्तको किनबेच, नीतिको कब्जा, र पूर्वाधारमा चरम भ्रष्टाचार भइरहेको समेत टिप्पणी गरेका छन् ।

स्वास्थ्य र शिक्षा जस्तो संवेदनाशील कुराहरूमा पनि चरम भ्रष्टाचार भइरहेकाले अर्थतन्त्रका सूचकहरूमा सुधार आउन नसकेको उनको भनाई छ ।

उनले भने, ‘नियुक्तिहरू बेचबिखन हुने, नीतिगत सेटिङका हिसाबले नियमावली संशोधन गर्ने, कागजात मिलाएर अर्बौँको भ्रष्टाचार गर्ने देशमा ठेक्कापट्टाको त कुरै नगरौँ ।’

उनले केही नेताहरुले संवैधानिक अंग नै कब्जा गरेर देशलाई चरम भ्रष्टाचारको युगमा पुर्‍याएको समेत आरोप लगाए ।

प्रतिक्रिया दिनुहोस