देउवाले उद्घाटन गरेको काँग्रेस मधेश सम्मेलनलाई डा. शेखरले गरे बहिष्कार « प्रशासन
Logo १६ बैशाख २०८१, आइतबार
   

देउवाले उद्घाटन गरेको काँग्रेस मधेश सम्मेलनलाई डा. शेखरले गरे बहिष्कार


५ पुस २०८०, बिहिबार


काठमाडौँ । नेपाली काँग्रेस मधेश प्रदेशको प्रथम सम्मेलनमा आसन ग्रहणको मर्यादाक्रमबारे विवाद देखिएको छ ।

जनकपुरधामको तिरहुतिया गाछीमा आज काँग्रेस मधेश प्रदेश सम्मेलनको उद्घाटन सभापति शेरबहादुर देउवाले गरेका हुन् ‌। तर सभापति देउवा सहभागी पार्टीको प्रदेश सम्मेलनमै किचलो देखिएको छ ।

प्रदेश सम्मेलन उद्घाटन समारोह आसन ग्रहणकै मर्यादाक्रम नलिएको भन्दै नेता डा. शेखर कोइराला र उनका पक्षधर नेताहरुले बहिष्कार गरे । सम्मेलनमा पुगेका नेता बिमलेन्द्र निधिले भने आसन ग्रहण गर्न मानेनन् ।

आसन ग्रहणका लागि पूर्व उपसभापति समेत रहेका नेता निधिलाई पटक पटक मञ्चमा बोलाए पनि दर्शकदीर्घामै बसिरहे । स्रोतका अनुसार उनी पनि आसन ग्रहणको मर्यादाक्रममा असन्तुष्ट छन् ।

सम्मेलनमा उपसभापतिद्वय पूर्णबहादुर खड्का र धनराज गुरुङ, महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मा, सहमहामन्त्री महेन्द्र यादव, प्रवक्ता प्रकाशशरण महत लगायत नेताहरू सहभागी छन् ।

दुई दिनसम्म चल्ने सम्मेलनमा ८२५ जना प्रदेश प्रतिनिधिले भाग लिएका छन् । उद्घाटन सत्रमा आठै जिल्लाबाट अगुवा नेता र कार्यकर्ताहरू पनि आएका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस