जथाभाबी फोहोर फाले १५ हजारसम्म जरिवाना हुने « प्रशासन
Logo १५ बैशाख २०८१, शनिबार
   

जथाभाबी फोहोर फाले १५ हजारसम्म जरिवाना हुने


४ पुस २०८०, बुधबार


Nepalgunj-upamahanar-abhiyan

काठमाडौँ । नेपालगञ्ज उपमहानगरपालिकाले फोहोर मैला व्यवस्थापनका लागि ‘सचेतना प्रवर्द्धन र जरिवाना अभियान’ थालेको छ।

नगरबासीलाई आफ्नो फोहोर आफ्नै डस्टविनमा राख्न प्रेरित गर्न सचेत बनाइँदैछ। पहिलो चरणमा चारबाहिनी चोकदेखि न्यूरोड कल्पत्रु होटेलसम्म सचेतना अभियान सुरु गरिएको हो।

पर्चा पम्प्लेट वितरण र माइकिङ गर्दै फोहोर जथाभाबी नफाल्न सचेत बनाइएको छ। घरधनी, पसल व्यवसायीलगायतलाई अबदेखि सडकमा फोहोर नफाल्न सचेत बनाइएको हो।

सडकमा जथाभाबी फोहोर फालेमा अबदेखि नेपालगन्ज उपमहानगरपालिकाको फोहोर मैला व्यवस्थापन ऐन, २०७५ बमोजिम ५ हजारदेखि १५ हजार रुपैयाँ जरिवाना गरिने भएको छ ।

जिल्ला प्रशासन, वडा अध्यक्षहरू, होटेल व्यवसायी, सरसफाइ अभियन्ता, नगर प्रहरीसहित आज (बुधबार) देखि सडकमै उत्रिएर नेपालगञ्ज उपमहानगरपालिकाले घरदैलो सुरु गरेको छ।

Tags :
प्रतिक्रिया दिनुहोस