सर्वोच्च अदालतका प्रस्तावित ६ न्यायाधीशको संसदीय सुनुवाइको निर्णय आज « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

सर्वोच्च अदालतका प्रस्तावित ६ न्यायाधीशको संसदीय सुनुवाइको निर्णय आज


४ पुस २०८०, बुधबार


काठमाडौँ । सर्वोच्च अदालतको न्यायाधीशमा नियुक्तिका लागि सिफारिस भएका ६ जनाबारे संसदीय सुनुवाइ समितिले आज निर्णय सुनाउँदै छ ।

न्याय परिषद्ले सर्वोच्च अदालतको न्यायाधीशमा सारङ्गा सुवेदी, अब्दुल अजिज मुसलमान, महेश शर्मा पौड्याल, टेकप्रसाद ढुङ्गाना, सुनिल पोखरेल र बालकृष्ण ढकालको नाम सिफारिस गरेको थियो ।

सम्बन्धित समाचार: सर्वोच्च अदालतको न्यायाधीशमा ६ जना सिफारिस

उनीहरूमाथि गत शुक्रबारदेखि सुरु भएको सुनुवाइ गत सोमबार सकिएको थियो । सुनुवाइ सकिएकाले आज नाम अनुमोदनका लागि निर्णय हुन लागेको हो ।

निर्णयका लागि आज बिहान ११ बजे सुनुवाइ समितिको बैठक बस्दै छ । समितिले उनीहरूको नाम अनुमोदन गर्ने निर्णय गरेमा राष्ट्रपतिबाट शपथ ग्रहण गरी सर्वोच्च अदालतको न्यायाधीशका रूपमा कामकाज सुरु गर्ने छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस