२३ बैशाख २०८२, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

पार्टी विधानको पालना नगरे दण्ड हुने व्यवस्था हुन्छ : गगन थापा

अ+ अ-

काठमाडौँ । काँग्रेस महामन्त्री गगनकुमार थापाले विधानको पालना नगरे दण्ड हुने व्यवस्था गरिनुपर्ने बताएका छन्। काँग्रेस तनहुँ क्षेत्र नं १ क्षेत्रीय समितिले आज दमौलीमा आयोजित प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै उनले पार्टी विधानबमोजिम चल्नुपर्ने बताएका हुन् । 

महामन्त्री थापाले भने, “विधानको पालना नगरे दण्डको व्यवस्था गर्नुपर्छ। दण्डको व्यवस्था भएमात्रै पार्टी विधानबमोजिम चल्न सक्छ। त्यसमा हामीले छलफल चलाइराखेका छौँ।”

महामन्त्री थापाले पार्टीमा गुटको अन्त्य गरिनुपर्ने जनाउँदै अहिलेको पद्धतिका कारण गुट बनाउनै पर्ने बाध्यता रहेको समेत बताए।

उनले भने, “अहिले पार्टीभित्र जुन पद्धति छ त्यसका आधारमा गुट बनाउनै पर्ने बाध्यता सबैलाई भयो। हामी सबैले गुटको अन्त्य हुनुपर्छ भने पनि भित्रभित्र गुटमै रमाइराखेका छौँ।”

संसद्मा निर्वाचन कानुनका विषयमा छलफल अगाडि बढाउन लागिएको जनाउँदै महामन्त्री थापाले एक सय ६५ निर्वाचन क्षेत्रमा उम्मेदवार नउठाउने पार्टी राष्ट्रिय पार्टी नबन्ने उल्लेख गर्न सकिने चर्चा गर्नुभयो। उनले भने, “यसो भएमात्रै एक पार्टीले अर्को पार्टीसँग गठबन्धन गर्न पाउँदैन। त्यस्तो हुँदा काँग्रेस एमालेसँग डराउनु पर्दैन, एमाले काँग्रेस वा अरू पार्टीसँग डराउनु पर्दैन।”

महामन्त्री थापाले पार्टीभित्रको निर्वाचन पद्धतिसमेत परिवर्तन गर्न आवश्यक रहेको बताए। उनले भने, “अहिले जसरी टिकट बाँडिएको छ त्यो ठिक छ वा उम्मेदवार छान्दा जुन तहको सदस्य हो त्यहाँका सदस्यले छान्ने परिपाटीका विषयमा छलफल अगाडि बढाएका छौँ।”

प्रतिक्रिया दिनुहोस