२० बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

‘भिजा स्क्यान टु पे’ भुक्तानी प्रणाली सुरु, क्युआरमार्फत् पेमेन्ट गर्ने सकिने

अ+ अ-

काठमाडौँ । ग्लोबल आइएमई बैंकको अगुवाइमा नेपाल इलेक्ट्रोनिक पेमेन्ट सोलुशनको स्विचिङ सुविधा र स्विफ्ट टेक्नोलोजीको प्राविधिक सहयोगमा ‘भिजा स्क्यान टु पे’ भुक्तानी प्रणालीको शुभारम्भ गरिएको छ।

काठमाडौँमा आयोजित एक विशेष समारोहमा नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक डा. गुणाकर भट्ट, ग्लोबल आइएमई बैंकका प्रमुख कार्यकारी अधिकृत रत्नराज बज्राचार्य, नेपाल इलेक्ट्रोनिक पेमेन्ट सोलुशनका प्रमुख कार्यकारी अधिकृत सञ्जीव सुब्बा र स्विफ्ट टेक्नोलोजीका प्रमुख कार्यकारी अधिकृत निरज ढुङ्गानाले क्युआर स्क्यान गरी प्रथम कारोबार सहित उक्त सेवाको संयुक्त रूपमा शुभारम्भ गरेका हुन्।

उक्त प्रविधिमार्फत ग्लोबल आइएमई बैंकका भिजा कार्ड बाहक ग्राहकहरूले अब फिजिकल कार्डको प्रयोग बिना नै ग्लोबल आइएमई बैंकको मोबाइल एप ग्लोबल स्मार्ट प्लसमार्फत क्युआर क्यान गरी कुनै पनि पेमेन्ट गर्न सक्नेछन्।

भिजा स्क्यान टु पे एउटा कार्ड-देखि-व्यापारी भुक्तानी सेवा हो। यसबाट कार्ड स्वाइप नगरी आफ्नो स्मार्टफोन प्रयोग गरेर भुक्तानी गर्न सकिन्छ। कार्यक्रममा प्रमुख अतिथि नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक भट्टले बैंकले जारी गरेको यो प्रविधि डिजिटल प्रविधिको विकासमा कोशेढुंगा साबित हुने बताए।

उनले नेपाल सरकार र नेपाल राष्ट्र बैंकले लिएको डिजिटल नेपाल निर्माणको लक्ष्यअनुसार नयाँ–नयाँ प्रविधिको विकास गरेकोमा बैंक लगायत संलग्न सबैलाई धन्यवाद ज्ञापन गरे।

बैंकका प्रमुख कार्यकारी अधिकृत बज्राचार्यले ग्लोबल आइएमई बैंक नयाँ-नयाँ प्रविधिको विकास र विस्तारमा सधैँ अग्रणी रहेको बताउँदै नयाँ प्रविधिको विकासका साथसाथै यसको प्रयोग पनि उत्तिकै जरुरी भएको र सबै सरोकारवाला मिलेर यसको प्रवर्द्धन गर्न जरुरी रहेको बताए।

नेपाल इलेक्ट्रोनिक पेमेन्ट सोलुशनका प्रमुख कार्यकारी अधिकृत सुब्बाले प्रविधिको विकास र विस्तारमा सबै सरोकारवालाहरूबीच ठूलो सहकार्यको आवश्यकता रहेको बताए।

स्विफ्ट टेक्नोलोजिजका प्रमुख कार्यकारी अधिकृत ढुङ्गानाले डिजिटल प्रविधिको विकास अहिलेको चर्चाको विषय रहेको बताए।भिजाका नेपाल, बङ्गलादेश तथा भुटानका लागि कन्ट्री म्यानेजर सौम्य बासुले नयाँ-नयाँ प्रविधिको अनुसरण गर्न नेपाल अगाडि रहेको बताए।

बैंकका नायव प्रमुख कार्यकारी अधिकृत सुमन पोखरेलले नयाँ-नयाँ डिजिटल प्रविधिको विकासभन्दा यसलाई अनुसरण गर्न ठूलो समस्या रहेको बताउँदै डिजिटल प्रविधिको प्रयोग बढाउन आवश्यक पूर्वाधार विकासमा सहयोग गर्न नेपाल सरकार र नेपाल राष्ट्र बैंकको ध्यानाकर्षण गराए।

कार्यक्रममा ग्लोबल आइएमई बैंकका ट्रान्ज्याक्सन बैंकिङ सेल्स तथा बिजनेस प्रमुख प्रकाश पौडेलले नयाँ प्रविधिको प्रयोग तथा यसका फाइदाबारे बताए।

प्रतिक्रिया दिनुहोस