मंसिरमा सबैभन्दा बढी भयो घरजग्गा कारोबार « प्रशासन
Logo २४ बैशाख २०८१, सोमबार
   

मंसिरमा सबैभन्दा बढी भयो घरजग्गा कारोबार


२ पुस २०८०, सोमबार


काठमाडौँ । चालू आर्थिक वर्षमा सबैभन्दा बढी घरजग्गा कारोबार मंसिरमा भएको छ । चालू आर्थिक वर्षको पाँचौँ महिना मंसिरमा यस वर्षकै सबैभन्दा बढी घरजग्गा कारोबार भएको छ ।

भूमि व्यवस्थापन तथा अभिलेख विभागका अनुसार मंसिरमा ४१ हजार ८५१ वटा घरजग्गा कारोबार भएको छ । जसमा २९ हजार ६२६ रोक्का र २५ हजार ४५४ फुकुवा घरजग्गाको कारोबार भएको छ । जुन अघिल्लो महिनाको तुलनामा करिब ६० प्रतिशतले बढी हो ।

कार्तिकमा २६ हजार ४६ संख्यामा घरजग्गा कारोबार भएको थियो । जसवापत २ अर्ब १६ करोड ३८ लाख ६७ हजार ५६४ रुपैयाँ राजस्व संंकलन भएको थियो । घरजग्गा कारोबारमार्फत सरकारले मंसिरमा २ अर्ब ८६ करोड ५० लाख ११ हजार २१ रुपैयाँ राजस्व सङ्कलन गरेको छ ।

कार्तिकको तुलनामा मंसिरमा घरजग्गा कारोबार ६० प्रतिशतले बढे पनि अपेक्षा गरेभन्दा कम कारोबार भएको नेपाल जग्गा तथा आवास विकास महासङ्घले जनाएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस