२० बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

अहिलेको युगमा सबै चिज काठमाडौँ केन्द्रित भएर विकास हुँदैन : डा. बाबुराम भट्टराई

अ+ अ-

काठमाडौँ । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले अहिलेको युगमा सबै चिज राजधानीमा मात्र केन्द्रित गरेर नहुने बताएका छन् । उनले मुलुकको राजधानी काठमाडौँ प्रशासनिक केन्द्र र ऐतिहासिक स्थल भएको तर सबै चीज राजधानीमा केन्द्रित गर्नुपर्छ भन्ने सोच राख्न नहुने बताए ।

सिद्धार्थ सञ्जाल रुपन्देहीले भैरहवामा आयोजना गरेको भेटघाट तथा छलफल कार्यक्रममा बोल्दै डा. भट्टराईले भने, ‘अहिलेको युगमा भारतको अर्थतन्त्रसँग बढी नजिक र चीनको अर्थतन्त्रको पनि सम्भावना भएको मुलुकमा सबै चिज राजधानीमा मात्र केन्द्रित गरेर हुँदैन ।’

नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. भट्टराईले आधुनिक अर्थतन्त्रका केन्द्रहरू अब काठमाडौँमा मात्र केन्द्रित हुन नसक्ने बताए ।

उनले प्रतिस्पर्धी अर्थतन्त्रमा आफ्नो क्षेत्रमा अरूलाई पस्न दिँदैनौँ भन्ने सोच राखे त्यो आधुनिक अर्थतन्त्रसँग मेल नखाने बताए ।

उनले गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल पूर्ण सञ्चालन गर्न श्रम भिसा सेन्टर, श्रम कार्यालय, स्वास्थ्य केन्द्रलगायतका पूर्वाधार स्वतः रहनुपर्ने बताए ।

नेता भट्टराईले एअर रुटका लागि भारत सरकारसँग केन्द्र सरकारले उच्चस्तरमा पहल गर्नुपर्नेमा जोड दिए । विमानस्थल पूर्ण सञ्चालन गर्न साथ, सहयोग र पहल गर्ने बताउँदै उनले विमानस्थल नियमित सञ्चालन हुन नसके सरकार र निजी क्षेत्रको खर्बौँको लगानी डुब्ने चिन्ता रहेको उल्लेख गरे ।

विमानस्थल पूर्ण र नियमित सञ्चालनको माग राख्दै सिद्धार्थ सञ्जाल रुपन्देहीले मंसिर २४ गतेदेखि विमानस्थलको प्रवेशद्वार अगाडि धर्ना सुरु गरेको छ ।

डा. भट्टराईले विशेष आर्थिक क्षेत्र (सेज) हालसम्म राम्रोसँग सुचारु हुन नसक्दा आर्थिक विकास र रोजगारी सिर्जनामा असर पुगेको बताए । उनले पूर्वाधार बनाएर खाली राख्न नहुने बताए ।

प्रतिक्रिया दिनुहोस