२१ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

सरकारले भोलिदेखि ६ दिनसम्म अन्तर्राष्ट्रिय आप्रवासी दिवस मनाउने

अ+ अ-

काठमाडौँ । सरकारले भोलिदेखि ६ दिनसम्म अन्तर्राष्ट्रिय आप्रवासी दिवस मनाउने भएको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले भोलि पुस २ गते अर्थात् डिसेम्बर १८ देखि ६ दिनसम्म विभिन्न कार्यक्रम गरेर अन्तर्राष्ट्रिय आप्रवासी दिवस मनाइने जनाएको छ ।

आज मन्त्रालयमा भएको पत्रकार सम्मेलनमा सचिव केवलप्रसाद भण्डारीले आप्रवासीहरूको योगदानको कदर गर्ने र उनीहरूको अधिकारको रक्षा गर्न विभिन्न कार्यक्रम गरेर दिवस मनाउन लागिएको जानकारी दिए ।

कार्यक्रमको पहिलो दिन भोलि विभिन्न सरोकारवाला क्षेत्रका प्रतिनिधिसहितको प्रभातफेरी हुनेछ । बाँकी दिन सचेतना कार्यक्रम, सुरक्षित रोजगारी अभ्यास प्रवर्द्धन, काम गर्ने घण्टाको वकालत र आप्रवासी कामदारहरूको लागि सीप विकासलाई प्रोत्साहित गर्न केन्द्रित भएर कार्यक्रम हुनेछन् ।

सचिव भण्डारीले वैदेशिक रोजगारीका लागि स्व-चेतना र कानुनी पक्षहरूलाई जोड दिएर व्यक्तिहरूलाई सशक्त बनाउने र वैदेशिक रोजगारीमा विद्यमान चुनौतीहरूलाई सम्बोधन गर्ने आशा राखेको बताए ।

गरिबी, द्वन्द्व र जलवायु परिवर्तन लगायतका कारण आप्रवासनको समस्या बढेको भन्दै आप्रवासी कामदारहरूलाई उनीहरूको सीप अभिवृद्धि गरी अन्तर्राष्ट्रिय रूपमा प्रतिस्पर्धी बनाउने लक्ष्य राखेको समेत सचिव भण्डारीले बताए ।

प्रतिक्रिया दिनुहोस