२० बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

अर्थमन्त्रीको दाबी : शिक्षामा भएको लगानी कसैले खोस्न सक्दैन  

अ+ अ-

काठमाडौँ । अर्थमन्त्री डा. प्रकाशशरण महतले शिक्षामा गरिएको लगानी कसैले खोस्न नसक्ने बताएका छन् ।

नुवाकोटमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै डा. महतले भने, ‘अरु क्षेत्रमा गरेको लगानी मासिन, आगलागी हुनसक्छ, बाढी पहिरोले बगाउन सक्छ तर शिक्षाको लगानी कसैले खोस्न सक्दैन ।’

उनले अगाडि भने, ‘शिक्षाको मन्दिरको प्राङ्गणमा उभिएर प्रविधिको विकाससँगै हामीले आफूलाई अगाडि सार्नुपर्‍यो, शिक्षक साथीहरूलाई मद्दत गर्न अनुरोध गर्न चाहन्छु । राजधानी काठमाडौं नजिक भएर नुवाकोट पछि पर्‍यो, हुने खाने पनि काठमाडौँतिरै बसाइ सरे । शिक्षामा कसैले वास्ता गरेन । जसले गर्दा नुवाकोट धेरै पछाडि पर्‍यो ।’

०४६ सालपछि नुवाकोटमा विकास सुरुवात भएको भन्दै उनले त्यसपछि ककनीको बाटो काठमाडौँ बिजुली लैजान बनाइएको जानकारी दिए । ०४६ साल पछि पुल, सिँचाइ, बिजुली विस्तार भएको उनको भनाई छ ।

आफू अप्ठ्यारो समयमा अर्थमन्त्री भएको दाबी गर्दै उनले भने, ‘बजेट सीमित थियो, अनावश्यक ठाउँमा धेरै खर्च भएको थियो, बाटो सुविधा भयो भने उत्पादन बढ्छ । त्यो किसिमको प्राथमिकता हामीले दिइरहेका छौँ, समर्पण र इमानदारका साथ काम गर्ने कोसिस गरिरहेका छौँ । मेरो मन नुवाकोटमै छ, मेरो क्षमताले भ्याएसम्म काममा लागिरहन्छु ।’

काठमाडौँसँग सडक सञ्जाल जोडिएपछि शहर नुवाकोटमै बन्ने भन्दै उनले त्यसपछि लगानी भित्रिने, जग्गाको मूल्य बढ्ने र स्थानीयको आम्दानी बढ्ने बताए ।

प्रतिक्रिया दिनुहोस