राप्रपाको केन्द्रीय समितिको बैठक भोलिदेखि « प्रशासन
Logo १९ बैशाख २०८१, बुधबार
   

राप्रपाको केन्द्रीय समितिको बैठक भोलिदेखि


३० मंसिर २०८०, शनिबार


काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को केन्द्रीय समितिको बैठक भोलिदेखि सुरु हुनेछ ।

तीन दिनसम्म चल्ने बैठक धुम्बाराहीस्थित एसआर ब्यांक्वेटमा बस्ने पार्टी प्रवक्ता मोहनकुमार श्रेष्ठले बताए ।

प्रवक्ता श्रेष्ठका अनुसार, आइतबार बिहान ८ बजेदेखि सुरु हुने बैठकमा अध्यक्ष राजेन्द्र लिङदेनले समसामयिक राजनीतिक परिस्थितिको समीक्षा, पार्टीको रणनीति र भावी कार्यदिशाबारे ब्रिफिङ गर्नेछन् ।

बैठकमा सचिवालय र कोषाध्यक्षको प्रतिवेदन पनि प्रस्तुत हुनेछ । तीन दिन चल्ने बैठकमा भूगोल केन्द्रित कार्यक्रमको समिक्षा र समूहगत छलफल हुने उनले बताए ।

राप्रपाको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले पारित गरी अनुमोदनका लागि अनुमति प्रदान गरेको आन्दोलन सम्बन्धी प्रस्ताव पनि छलफलका लागि केन्द्रीय समितिमा पेश हुने प्रवक्ता श्रेष्ठले जानकारी दिए ।

Tags :
प्रतिक्रिया दिनुहोस