चोभार सुख्खा बन्दरगाह सञ्चालनमा « प्रशासन
Logo २२ बैशाख २०८१, शनिबार
   

चोभार सुख्खा बन्दरगाह सञ्चालनमा


२९ मंसिर २०८०, शुक्रबार


काठमाडौँ । चोभार सुख्खा बन्दरगाह निजी क्षेत्रको व्यवस्थापनमा सञ्चालन गर्न सुरु गरिएको छ। बन्दरगाह शुक्रबारदेखि निजी क्षेत्रको व्यवस्थापनमा सञ्चालन गर्न सुरु गरिएको हो।

केही दिनअघि चोभार सुक्खा बन्दरगाह सञ्चालनका लागि नेपाल इन्टरमोडल यातायात विकास समिति र ट्रान्स नेपाल टिआरएस लोजिपार्क प्रा.लि.बीच सम्झौता भएको थियो।

सम्झौतामा समिति र प्रा.लि.बीच पाँच वर्षका लागि दुई करोड ८८ लाख रकम न्यूनतम सट्टापट्टा बहाल र नियमानुसार महसुल बाँडफाँट गर्नेगरी हस्ताक्षर भएको थियो।

सोही सम्झौताअनुरूप शुक्रबारदेखि बन्दरगाह सञ्चालनको जिम्मेवारी ट्रान्स नेपाल टिआरएस लोजिपार्कले लिएको छ।

Tags :
प्रतिक्रिया दिनुहोस