अचानक शङ्कास्पद व्यक्ति छिरेपछि संसद बैठक अवरुद्ध « प्रशासन
Logo १५ बैशाख २०८१, शनिबार
   

अचानक शङ्कास्पद व्यक्ति छिरेपछि संसद बैठक अवरुद्ध


२७ मंसिर २०८०, बुधबार


काठमाडौँ । भारतको केन्द्रीय संसद लोकसभा बैठक चलिरहेका बेला दर्शक दीर्घाबाट एक शङ्कास्पद व्यक्ति अचानक बैठक हलमा दौडिएपछि संसद कारबाही अवरुद्ध भएको छ ।

भिडिओमा देखिए अनुसार एक जना व्यक्ति सांसदको बीचबाट माथि माथि कुद्दै सभामुखको कुर्सीतर्फ बढेको देखिन्छ । शङ्कास्पद व्यक्तिलाई पक्राउ गरी सोधपुछ थालिएको छ । पश्चिम बङ्गालका बीजेकी सांसद खानेन मुर्मू बोलिरहेका बेला अचानक संसदमा होहल्ला भएको थियो ।

शङ्कास्पद एक जना व्यक्ति सभामुखतर्फ अघि बढेपछि अर्का व्यक्तिले साथबाट एउटा सामान निकालेपछि बैठक कक्षमा धुवाँ फैलिएको थियो । सुरक्षाकर्मीले दुवैलाई पक्राउ गरे पनि संसदको सुरक्षालाई लिएर सांसदहरुले हङ्गामा मच्चाएका छन् । लोकसभा सभामुख ओम बिडलाले यसको छानबिन हुने बताएका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस