२० बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

इन्जिनियर बनेका चेपाङ समुदायका होमराज गाउँको सेवामा

अ+ अ-

भरतपुर । चेपाङ समुदाय शिक्षाको क्षेत्रमा अन्य समुदायभन्दा पछाडि छन् । उच्च शिक्षाका साथै डाक्टर, इन्जिनियर जस्ता विषय अध्ययन गर्ने व्यक्ति पाउनै मुस्किल हुन्छ ।

पछिल्लो समय यस समुदायका केही व्यक्ति उच्च शिक्षा अध्ययन गरेर प्रतिष्ठित जागिरमार्फत समुदायको सेवामा लाग्न थालेका छन् । त्यसैमध्येका एक हुन् चितवनको इच्छाकामना गाउँपालिका-१ चौकीडाँडाका २३ वर्षीय होमराज चेपाङ । उनले इन्जिनियरिङ गरेर आफ्नै गाउँका नागरिकको सेवामा खटिएका छन्।

होमराज गत वर्षदेखि इच्छाकामना गाउँपालिका-२ मा सब-इन्जिनियरका रूपमा कार्यरत छन् । इन्जिनियर बन्न उनलाई अरु समुदायजस्तो सहज थिएन । “घरको दयनीय आर्थिक अवस्था, बिहान-बेलुका के खाने भन्ने चिन्ता रहेको परिवारमा इन्जिनियर त कल्पनाको विषय नै थियो”, उनले भने, “पढ्यो भने शिक्षक त बन्छ होला भन्ने बुवाआमाले सोच्नुभएको थियो । इन्जिनियर भन्ने त उहाँहरुलाई थाहै थिएन ।”

जिल्लाको रत्ननगरमा रहेको गामबेँसीको चेपाङ संरक्षण केन्द्रले होमराजलाई सहयोग गरेको थियो । कालिका नगरपालिका–९ स्थित चर्तुमुखी माध्यामिक विद्यालयबाट एसएलसी दिएर बसेको बेला केन्द्रका अध्यक्ष केपीकिरण शर्मासँग भेट भएपछि उच्च शिक्षाको बाटो खुलेको उनले बताए । “शर्मासँगको भेटमा उच्च शिक्षामा विज्ञान विषय पढ्ने इच्छा जाहेर गरेको थिएँ । शर्माले संरक्षण केन्द्रमा राखेर रत्ननगर-१२ स्थित पञ्चकन्या माध्यामिक विद्यालयमा कक्षा १२ सम्म विज्ञान विषय अध्ययनका लागि भर्ना गरिदिनुभयो”, होमरमजले भने ।

होमराजलाई विज्ञान विषय अध्ययन गराउन धेरैसँग सहयोग मागेको शर्माले बताए । “सामाजिक सञ्जालमार्फत मागिएको सहयोगमा धेरैले साथ दिनुभयो । गणित सानैदेखि होमराजको रुचिको विषय थियो”, उनले भने।

कक्षा १२ मा उत्कृष्ट नतिजा ल्याएर पास भएपछि होमराजलाई इन्जिनियर विषय पढ्ने इच्छा भएकाले सामाजिक सञ्जालमार्फत पुनः सहयोग मागेर भरतपुरको नेपाल पोलिटेक्निक इन्स्टिच्युटमा भर्ना गरिदिएको शर्माले सुनाए । “केही समयपछि विदेशमा रहनुभएका एक जना साथीले सहयोग गर्नुभयो र होमराजलाई इन्जिनियर अध्ययन गराउन सफल भयौँ”, उनले भने ।

निरन्तरको लगनशीलता र मेहनतले होमराजले इन्जिनियर पास गरे । उनी चेपाङ समुदायबाट इन्जिनियर पास गर्ने पहिलो व्यक्ति हुन् । उनीसँगै धादिङका मनिष चेपाङले पनि सोही वर्ष इन्जिनियरिङ पास गरेका थिए । इन्जिनियर पास गरेकै महिनामा होमराजले गाउँपालिकामा जागिर पाए । “गाउँपालिकाले इन्जिनियरका लागि आवेदन माग गरेको थियो । आवेदन दिएँ र छनोट पनि भएँ”, होमराजले भने । अहिले इच्छाकामना-२ को चेपाङ समुदायमा काम गरिरहेको उनले जानकारी दिए ।

“म स्थानीय भएकाले पनि काम गर्दा सबैबाट साथ र सहयोग पाएको छु । यसले मलाई निकै खुसी लाग्छ”, होमराजले भने । उनले आफू इन्जिनियर भएर गाउँमा सेवा गरेकाले पढिरहेका भाइबहिनीलाई पनि हौसला मिलेको बताए। “आफ्नै समुदाय भएकाले काम गर्न सजिलो छ । भाषा बुझ्न र बुझाउन कुनै समस्या छैन”, उनले भने ।

होमराजले गाउँमा जागिरसँगै समुदायमा सरकारी सेवा र सुविधाका विषयमा सबैलाई जानकारी गराउने गरेको बताए। “सिटिइभिटीमा चेपाङ समुदायबाट तीनवर्षे प्राविधिक शिक्षा लिन चाहनेले निःशुल्क पढ्न पाइन्छ । मैले यो कुरा सबै विद्यार्थी भाइबहिनीलाई भन्ने गरेको छु । भविष्यमा पनि आफ्नै गाउँठाउँमा रहेर सेवा गर्ने चाहना छ”, उनले भने।

चेपाङ संरक्षण केन्द्रका अध्यक्ष शर्माले होमराजले इन्जिनियर पढेर गाउँपालिकामा जागिर खाँदै चेपाङ समुदायमा पैरवीसमेत गरिरहेका भन्दै यसले आफूहरूलाई खुसीसँगै उत्साह जागेको बताए। उनले चेपाङ समुदायमा शिक्षामार्फत छिटो सुधार गर्न सकिन्छ भन्ने उदाहरण होमराज बनेको बताए। उनका अनुसार केन्द्रमा अहिले एक सय ४२ चेपाङ बालबालिका आवासीय रूपमा अध्ययन गरिरहेका छन् । पछिल्लो समय चेपाङ समुदायबाट प्राविधिक शिक्षा पढ्ने बढ्दै गएको शर्माको भनाइ थियो ।

इच्छाकामना गाउँपालिकाका अध्यक्ष दानबहादुर गुरुङले चेपाङ समुदायका लागि होमराज उदाहरण बनेको बताए । “होमराजसँग केन्द्रमा गाउँपालिका अध्यक्ष हुनुभन्दा अघि नै भेट भएको थियो”, उनले भने, “अध्यक्ष बनेपछि पालिकामा रोजगार दिने अवसर मिल्यो ।” गाउँपालिकाले होमराजलाई चेपाङ समुदाय र स्थानीय भएकाले प्राथमिकता दिएको भन्दै उनले त्यो भन्दा धेरै उनीसँग भएको योग्यता र क्षमताले पहिलो नम्बरमा छनोट भएको जानकारी दिए ।

होमराजले गाउँमा सेवा गर्दा सका अन्य बालबालिकामा पनि प्रेरणा मिलेको अध्यक्ष गुरुङले बताए । “हामी पनि पढ्न सक्दारहेछौँ । पढेपछि जागिर पाइने रहेछ भन्ने नयाँ पिँढीलाई सन्देश गएको छ”, उनले भने, “यस समुदायमा पढ्ने र पढाउने बानीको विकास हुनेछ ।” गाउँपालिकामा तीन-चार जना चेपाङ समुदायका कर्मचारी रहेको उनले बताए । एचए र नर्सलाई पनि गाउँपालिकाले रोजगार दिएको जनाउँदै अध्यक्ष गुरुङले उनीहरू सबैले इमान्दारिताका साथ काम गरिरहेको बताए।

पछिल्लो समय उच्च शिक्षासँगै प्राविधिक विषयतर्फ यस समुदायको आकर्षण बढेको अध्यक्ष गुरुङले बताए । गाउँपालिकाले गत वर्ष विभिन्न समुदायका विपन्न र चेपाङलाई छात्रवृत्ति प्रदान गरेको थियो । “गत वर्ष ५२ जनालाई छात्रवृत्ति उपलब्ध गराएका छौँ । छात्रवृत्तिका कारण कक्षा १२ सम्म र प्राविधिक शिक्षा पढ्न उनीहरूलाई सहज भएको छ”, अध्यक्ष गुरुङले भने । इच्छाकामना गाउँपालिकामा मात्र झण्डै १२ हजार चेपाङ समुदायको बसोबास छ ।

प्रतिक्रिया दिनुहोस