नेपाल बारले माग्यो राज्यको औपचारिक मर्यादा « प्रशासन
Logo १५ बैशाख २०८१, शनिबार
   

नेपाल बारले माग्यो राज्यको औपचारिक मर्यादा


२६ मंसिर २०८०, मंगलबार


काठमाडौँ । नेपाल बार एसोसिएसनले कानुन व्यवसायीलाई राज्यको औपचारिक मर्यादाक्रममा समेट्न माग गरेको छ।

चितवनमा सम्पन्न नेपाल बारको केन्द्रीय कार्यकारिणी बैठकले वकिलहरूलाई पनि राज्यको औपचारिक मर्यादाक्रममा उचित स्थान दिन माग गरेको हो।

राष्ट्रिय सभामा गैरसरकारी विधेयकका रूपमा दर्ता भएको राष्ट्रिय मर्यादा सम्बन्धी विधेयक, २०७९ प्रतिनिधि सभामा विचाराधीन रहेको अवस्थामा बारले कानुन व्यवसायीलाई पनि मर्यादामा राख्न आग्रह गरेको हो।

मंसिर २४ र २५ गते चितवनको सौराहा बसेको बैठकले पारित गरेको निर्णयमा उल्लेख गरिएको छ, ‘नेपाल सरकारद्वारा जारी भएको मौजुदा मर्यादाक्रममा कानुन व्यवसायीहरूलाई राज्यको मर्यादाक्रममा यथोचित स्थानमा समावेश गराउनका लागि आवश्यक पहल गर्न यो बैठक सम्बन्धित निकायसमक्ष माग गर्दछ।’

नेपालको संविधानले पेश व्यवसाय मध्ये कानुन व्यवसायीको मात्रै परिभाषा गरेको छ। संविधानको धारा २० भनिएको छ, ‘यस उपधाराको प्रयोजनका लागि ‘कानुन व्यवसायी’ भन्नाले कुनै अड्डा अदालतमा कुनै व्यक्तिको प्रतिनिधित्व गर्न कानुनले अधिकार दिएको व्यक्ति सम्झनुपर्छ।’

बारको कार्यकारिणी बैठकले २५ बुँदे घोषणापत्र जारी गरेको छ।

Tags :
प्रतिक्रिया दिनुहोस