२० बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

अर्थतन्त्र अझै दबाबमा छ, जनतामा उत्साह र आशा जागेको छैन : प्रधानमन्त्री

अ+ अ-

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्र बैंकले मौद्रिक नीतिको समीक्षामार्फत नीतिगत लचकता अपनाए पनि मुलुकको अर्थतन्त्रमा दबाब कायम रहेको दाबी गरेका छन् ।

सोमवार पार्टी केन्द्रिय कार्यालय पेरिस डाँडामा प्रेस सेन्टर नेपालका पदाधिकारीको बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री दाहालले यस्तो बताएका हुन् । प्रधानमन्त्री दाहालले नेपालको अर्थतन्त्र निकै ठूलो दबाबमा रहेको भन्दै सरकारले लगातार रूपमा सुधारको प्रयास गरिरहेको बताए ।

उनले सुधारको प्रयासकै क्रममा राष्ट्र बैंकबाट मौद्रिक नीतिको समीक्षामार्फत भएका नीतिगत र व्यवहारिक निर्णयले अर्थतन्त्रमा सहजिकरण गर्ने भएपनि अर्थतन्त्र अझै दबाबमा रहेको दाबी गरे ।

उनले सरकारले राजनीतिक दलका नेता, निजी क्षेत्र र अर्थतन्त्रका विज्ञहरूसँग छलफल गरेर अर्थतन्त्र सुधारको लागि दिएको निर्देशनको आधारमा राष्ट्र बैंकले बैंकको ब्याजदर घटाउने, लघुवित्तका ऋणहरू र व्यवसायीहरूको ऋण फिर्ता गर्ने समय अवधि थप गरेको दाबी गरे ।

प्रधानमन्त्री दाहालले भने,‘जनतालाई भ्रमित पार्ने षड्यन्त्र भइरहेको छ । यो बीचमा केही समस्याहरू भए । नेपालको अर्थतन्त्र निकै ठूलो दबाबमा छ । सरकारले आफ्नो ठाउँबाट लगातार सुधारको प्रयास गर्दै जाँदा राष्ट्र बैंकबाट भएका नीतिगत र व्यवहारिक निर्णयले अर्थतन्त्रमा सहजिकरण गर्ने अवस्थासम्म आइपुगेको छ । मैले देशका सबै राजनीतिक दलका नेता,निजी क्षेत्रका सबै प्रतिनिधिहरू र विज्ञहरू बीच गम्भीर विमर्श गराएर केही निर्देशन जारी गरेको थिए । त्यही निर्देशन कार्यान्वयन गर्ने सन्दर्भमा राष्ट्र बैंकले बैंकको ब्याजदर घटाउने, कुरामा सहजिकरण गर्ने जस्ता काम भए । सरकारले निजी क्षेत्रले भनेको जस्तो नीति आएको भनेर अब अर्थतन्त्रमा देखिएका समस्या समाधान हुँदै जान्छन् भनेर निजी क्षेत्रले भनेका छन् । तर त्यति हुँदा पनि नेपालको अर्थतन्त्र माथिको दबाब हटेको छैन । अझै पनि दबाब कायम नै छ । ’

प्रतिक्रिया दिनुहोस