बालुवाटारमा सत्ता गठबन्धन दलका शीर्ष नेताहरूको बैठक « प्रशासन
Logo ९ फाल्गुन २०८०, बुधबार
   

बालुवाटारमा सत्ता गठबन्धन दलका शीर्ष नेताहरूको बैठक


२५ मंसिर २०८०, सोमबार


काठमाडौँ । प्रधानमन्त्री निवास बालुवाटारमा गठबन्धन दलका शीर्ष नेताहरूको बैठक बसेको छ ।

एनसेल प्रकरण, राष्ट्रिय सभामा भागबण्डा, सुन प्रकरण, टिआरसी विधेयक लगायत विषयमा छलफल गर्न बैठक बसेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । माघ ११ गते हुने १९ सदस्य राष्ट्रियसभा निर्वाचनका लागि दलीय भागबण्डा नजिक पुगे पनि कसले कति पाउनेमा निष्कर्षमा पुगेको छैन ।

यस्तै पछिल्लो एनसेल र सुन प्रकरणले सरकार आलोचित भइरहेको छ । बैठकमा प्रधानमन्त्री ‘प्रचण्ड’ माओवादीका महासचिव देव गुरुङ, काँग्रेसका सभापति शेरबहादुर देउवा, एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल लगायत शीर्ष नेताहरू सहभागी छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस