२१ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

विपिन जोशीलाई छुटाउन कतारलाई नेपालको आग्रह

अ+ अ-

काठमाडौँ । विपिन जोशीलाई छुटाउनको लागि नेपालले फेरि कतारलाई आग्रह गरेको छ । दोहामै राजनीतिक कार्यालय भएको हमास समूहको कतारसँग सुमधुर सम्बन्ध रहेको छ । सोही सम्बन्धलाई आधार मानेर नेपालले कतारलाई लगातार हमासले बन्दी बनाएका जोशीलाई रिहा गर्नको लागि पहल गरिरहेको छ ।

आइतबारबाट सुरु भएको २१ औँ दोहा फोरममा सहभागी हुन गएको अवसर पारेर परराष्ट्रमन्त्री एनपी साउदले कतारका परराष्ट्र राज्यमन्त्री मोहम्मद बिन अब्दुलअजीज अल खुलाइफीसँग भेटवार्ता गर्दै जोशीको रिहाइको लागि पहल गरेका हुन् ।

परराष्ट्र मन्त्रालयका अनुसार उक्त अवसरमा परराष्ट्रमन्त्री साउदले हमासले बन्धक बनाएका नेपाली विद्यार्थी जोशीको छिटोभन्दा छिटो रिहाइको लागि पहल गरिदिन आग्रह गरे । जवाफमा खुलाइफीले नेपाली नागरिक जोशीको रिहाइको लागि लगातार रूपमा लागिरहेको जानकारी दिए ।

हमास विद्रोहीले अक्टोबर ७ मा इजरायलमा आक्रमण गर्दै इजरायलसहित विभिन्न मुलुकका नागरिकहरूलाई बन्दी बनाएर लगेको थियो । त्यसमा नेपालका जोशी पनि सामेल छन् । जोशी सुदूरपश्चिम विश्वविद्यालयबाट ‘अर्न एन्ड लर्न’ कार्यक्रमअन्तर्गत अध्ययनका लागि इजरायल पुगेका थिए । अक्टोबर ७ को आक्रमणमा सोही कार्यक्रम अन्तरगत गएका १० जना नेपालीको घटनास्थलमा मृत्यु भएको थियो । त्यसपछि नेपाल सरकारले नेपालीहरूलाई हवाई उद्धार गर्ने काम पनि गरेको थियो ।

गत मङ्गलवार परराष्ट्रमन्त्री साउदले नेपालस्थित कतारका राजदूत मिसाल मोहम्मद अल अन्सारीसँग जोशीको रिहाइका लागि सबै उपाय लगाउन आग्रह गरेका थिए । जवाफमा राजदूत अन्सारीले इजरायल र विद्रोही हमासबीच पुनः सुरु भएको युद्ध रोक्न कतार सरकारले पहल गरिरहेको बताएका थिए । नेपाली विद्यार्थी जोशीसहितका अपहरणमा परेकाहरुको रिहाइका लागिसमेत प्रयास जारी रहेको उनको भनाइ थियो ।

मन्त्री साउदले मंसिर ८ कतारका अर्का विदेश राज्यमन्त्री सुल्तान बिन साद अल-मुखारीसँग मन्त्रालयमा भएको भेटमा जोशीको रिहाइका दागी पहल गरिदिन आग्रह गरेका थिए ।

प्रतिक्रिया दिनुहोस