आरती साह हत्या प्रकरणमा मोतीबाबु साहलाई तत्काल पक्राउ गर्न माग « प्रशासन
Logo १५ बैशाख २०८१, शनिबार
   

आरती साह हत्या प्रकरणमा मोतीबाबु साहलाई तत्काल पक्राउ गर्न माग


२४ मंसिर २०८०, आइतबार


काठमाडौँ । आरती साह हत्या प्रकरणमा सर्वोच्च अदालतले आरोपित मोतीबाबु साहलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको ५ दिन बितिसक्दा पनि पक्राउ नपरेको घटनाप्रति आम जनता पार्टी (आजपा) ले गम्भीर ध्यानाकर्षण भएको जनाएको  छ । 

‘विगत १७८ दिनदेखि अनवरत न्यायको पर्खाईमा सङ्घर्षरत पीडित परिवारलाई अदालतको निर्णयबाट केही राहत तथा आंशिक न्याय प्राप्तिको अनुभूति भइरहेको विशेष महत्त्वपूर्ण समयमा राज्य पक्षबाट न्यायालयको निर्णय कार्यान्वयनमा भैईरहेको ढिलासुस्ती एंव् उदासीनताले राज्य पीडितको पक्षमा छ, कि पीडकको पक्षमा गम्भीर शङ्का उत्पन्न भएको छ’, आजपाका प्रवक्ता चन्द्र भूषण साहले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस