२१ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

लगानी सम्मेलनमा मादी परियोजना समावेश गर्न अनुरोध

अ+ अ-

दमौली । नेपाल सरकारले निकट भविष्यमा आयोजना गर्ने लगानी सम्मेलनमा तनहुँको मादी नदी उपत्यका परियोजनालाई समावेश गर्न अनुरोध गरिएको छ । 

उक्त सम्मेलनमा मादी उपत्यका परियोजनालाई समावेश गर्न व्यास नगरपालिकाका तर्फबाट अनुरोध गरिएको हो । 

नगरपालिकाको कार्यपालिका बैठकले उक्त परियोजनालाई पनि समावेश गराउन सरकारसमक्ष अनुरोध गर्ने निर्णय गरेको नगरप्रमुख वैकुण्ठ न्यौपानेले जानकारी दिए । परियोजनाको गुरुयोजना तयार भइसकेकाले सरकारले यसलाई लगानी सम्मेलनमा समावेश गर्ने उनले विश्वास व्यक्त गरे । 

नगरप्रमुख न्यौपानेले व्यासको वृहत्तर र एकीकृत विकासका  सम्बन्धमा विज्ञहरूसँग पटक-पटक छलफल गर्दा व्यास एकीकृत मादी नदी उपत्यका विकास परियोजनाको अवधारण आएको जानकारी दिए । उनले भने, “स्थानीय स्रोत र साधनलाई  अधिकतम प्रयोग गर्दै त्यसमा केही कृत्रिमस्वरुप समेत  बनाए पछि पर्यटन र व्यापार व्यवसायले  राम्रो लाभ लिन सक्ने भएकाले  सो परियोजना अगाडि बढाउन खोजेका हौँ ।”

मादी नदीको १८ किलोमिटर क्षेत्रलाई केन्द्रमा राखेर विभिन्न योजना अगाडि बढाउन नगरपालिकाले सङ्घीय सरकारको साथ खोजेको छ । गुरुयोजनाअनुसार १५ वर्षे उक्त एकीकृत योजना अन्तर्गत २६ वटा परियोजना समेटने तयारी गरिएको छ । जसको लागत रु. २६ अर्ब रहने बताइएको छ । 

यहाँ व्यास सरोवर, बोटानिकल गार्डेन, औद्योगिक क्षेत्र, जनजातिको समुदाय, भानु एजुकेशन सेन्टर, व्यास स्र्पोट सेन्टर, मादी नदी बोटिङ प्रोजेक्ट, हाउजिङ प्रोजेक्ट, ठोस फोहरमैला व्यवस्थापन योजनालगायत २६ वटा योजना समेटिने गुरुयोजनामा उल्लेख छ । 

उक्त परियोजनाको गुरुयोजना निर्माण अघि यहाँका जनप्रतिनिधि, राजनीतिज्ञ, व्यवसायी र अन्य सरोकारवालाले मादी नदीसँगैका जमिन अधिग्रहण, मादीको वहाब नियन्त्रण, सामाजिक तथा आर्थिक पक्ष, वातावरणीय पक्ष, निजी जग्गा मुआब्जा, पर्यटन विकासका पूर्वाधार, पर्यटनका सम्भावना र चुनौती, लगानीको मोडल, जग्गा व्यवस्थापन, सहरी विकास योजना, जलविद्युत उत्पादन क्षमता, निजी क्षेत्रसँग समन्वय र सहकार्य, लगानी सुरक्षित हुने आधार, स्थानीय बासिन्दाले लिन सक्ने फाइदा, फोहरमैला व्यवस्थापन, सम्भावित लगानीकर्ताको सुचि निर्माण, व्यास-पराशर-मानहुँकोटलाई कसरी जोडने, नेतृत्वकर्ताको स्पष्ट भिजन र प्रतिबद्धता हुनुपर्नेलगायत सुझाव दिएका थिए । 

प्रतिक्रिया दिनुहोस