२० बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

अष्ट्रेलियाको राजधानीसँग काठमाडौँको भगिनी सम्बन्धको पहल सुरु

अ+ अ-

काठमाडौँ। अष्ट्रेलियाको राजधानी सहर एसिटी र काठमाडौँ महानगरपालिकाबीच भगिनी सम्बन्ध स्थापनाको पहल थालिएको छ ।

हालै अष्ट्रेलिया सरकारको निम्तोमा गएकी काठमाडौँ महानगरपालिकाकी उपमेयर सुनिता डङ्गोल र एसिटीका मुख्यमन्त्री एन्ड्रीयु जेम्स बार्रबीच भएको वार्तापछि यसबारे प्रक्रिया अघि बढाइएको हो ।

भेटमा एसीटी महिला योजना २०१६-२०२६ बारे पनि छलफल भएको उपमेयर डङ्गोलले जानकारी दिइन् ।

अष्ट्रेलिया सरकारको वैदेशिक मामिला मन्त्रालय र नेपालस्थित अस्ट्रेलियन दूतावासको संयुक्त निमन्त्रणमा विशेष भ्रमण पूरा गरी डङ्गोल स्वदेश फर्किसकेकी छन् । त्यसक्रममा उनले सिड्नी, क्यानबेरा, होबर्ट र मेलबर्न सहरहरूको भ्रमण भ्रमण र विभिन्न कार्यक्रममा सहभागी भएकी थिइन् ।

खनिज तथा उर्जा, कृषि पर्यटनलगायतको अवलोकन भ्रमणका लागि मंसिर ८ गते उनी त्यसतर्फ गएकी थिइन् । डङ्गोलले भ्रमणका क्रममा अष्ट्रेलियाली प्रधानमन्त्री तथा मन्त्रिपरिषद् विभाग, सामाजिक नीति तथा महिला अन्तराष्ट्रिय संलग्नता शाखाका प्रमुख रोचेल हवाईसँग भेट गरिन् ।

उक्त भेटमा महिला समावेशिता, संलग्नता र सशक्तीकरण सम्बन्धी कार्यक्रम, विभिन्न क्षेत्रहरूमा महिलाहरूको सहभागिता र लैङ्गिक विषयवस्तुको सुधारबारे छलफल भएको उनले बताइन् । सन् २०१७ पछि सम्भवतः पहिलो पटक यसरी जनप्रतिनिधिलाई विशेष महत्त्व दिएर बोलाएको उक्त भ्रमणका क्रममा मानव संशाधन, लैङ्गिक समानता, आधुनिक दासप्रथा विरुद्धको अभियानलगायतका कार्यक्रममा उनी सहभागी थिइन् ।

त्यसका लागि सम्भावित साझेदारी र समन्वय गर्न अष्ट्रेलियाली अन्तराष्ट्रिय मामिला तथा व्यापार विभागका वरिष्ठ अधिकृत ग्यारी कोवेनसँग पनि भेट भएको उनले बताइन् । भेटमा अस्ट्रेलियामा आदिवासी जनजातिको ज्ञान, सीप, मूल्य र मान्यतालाई संरक्षण, संवर्द्धन र प्रवर्द्धन कसरी गरिएको रहेछ भने ज्ञान आदानप्रदान गरिएको उनको भनाइ छ ।

भ्रमणका क्रममा न्यू साउथ व्हेल्सका आर्ट ग्यालरीहरुसँग बैठक र अवलोकन भएको थियो भने उक्त भेटमा ऐतिहासिक र सांस्कृतिक महत्त्व बोकेको मूर्ति तथा अमूर्त सांस्कृतिक सम्पदा फर्काउने टोलीसँग पनि भेट भएको थियो ।

भ्रमणका सिलसिलामा अष्ट्रेलियाली राष्ट्रिय पुँजी प्राधिकरणका कार्यकारी निर्देशक स्याली बार्नेससँग पनि उपमेयर डङ्गोलले भेट गरेकी थिइन् । भेटमा सहरी योजनाको प्राथमिकताहरूको प्रभावकारी ढङ्गले पहिचान गर्ने पद्धति,सहरी विकासका लागि रणनीतिक मार्ग, समावेशी र दिगो समुदायको विकासबारे सम्भावित कार्यक्रम, योजनातर्जुमा र सम्भावित साझेदारीबारे छलफल भएको उनले बताइन् ।

प्रतिक्रिया दिनुहोस