२० बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

त्रिभुवन विमानस्थलबाट साढे ६ किलो सुनसहित तीन विदेशी नागरिक पक्राउ

अ+ अ-

काठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट फेरि सुन बरामद भएको छ । गए राति ६ किलो ५६५ ग्राम सुन बरामद भएको हो । 

भन्सारबाट बाहिरिसकेपछि प्रहरीको टोलीले उक्त सुन बरामद गरेको हो । सुनसँगै तीन जना विदेशी नागरिकलाई पनि प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा सुन बोकेर आएका इजिप्टका नागरिक सेरिफ मोहम्मद ल्यासिन रहेका छन् । उनले हाफ ज्याकेटको गोजीमा सुन राखेर ल्याएका थिए ।

उनीसँगै रहेका दुई सुडानी नागरिकलाई पनि प्रहरी पक्राउ गरेको छ । अनुसन्धानका लागि उनीहरूलाई पक्राउ गरिएको हो । सुराकीको आधारमा उनीहरूलाई पक्राउ गरिएको विमानस्थल प्रहरी प्रमुख डिआइजी अर्जुन चन्दले जानकारी दिए ।

चन्दका अनुसार फ्लाई दुबईको एफ जेड ५७३ हवाई जहाजबाट उनीहरू काठमाडौँ आएका हुन । जहाज गए राति ११ः५१ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको थियो । चेकजाँचको क्रममा भन्सार क्रस गरेपछि उनीहरू राति १२ः४५ बजे पक्राउ गरिएको चन्दले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस