नेपाल सुपर लिगमा आज चितवन र ललितपुर भिड्दै « प्रशासन
Logo १६ बैशाख २०८१, आइतबार
   

नेपाल सुपर लिगमा आज चितवन र ललितपुर भिड्दै


२४ मंसिर २०८०, आइतबार


काठमाडौँ । नेपाल सुपर लिग (एनएसएल)मा आज ललितपुर सिटी एफसी र एफसी चितवनबिच प्रतिस्पर्धा हुँदै छ । त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा हुने खेल साँझ ५ बजेदेखि सुरु हुनेछ । 

यसअघिका चार खेलमध्ये एकमा जित र तीन खेलमा बराबरीको नतिजा निकालेको ललितपुर तालिकाको चौथो स्थानमा छ । आजको खेलमा जित निकाले ललितपुर तालिकाको शीर्ष स्थानमा उक्लिनेछ ।

चार खेलबाट पाँच अङ्क जोडेको चितवन भने तालिकाको पाँचौँ स्थानमा छ । चितवनले यसअघि एक खेलमा जित, दुई खेलमा बराबरी र एक खेलमा हार बेहोरेको थियो । 

Tags :
प्रतिक्रिया दिनुहोस