२० बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

कोप-२८ मा हाम्रा आवाज प्रभावकारी भएका छन् : मन्त्री महतो

अ+ अ-

युएई । वन तथा वातावरण मन्त्री डा. वीरेन्द्रप्रसाद महतोले जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय सम्मेलन (कोप-२८) नेपालका लागि उपलब्धिमूलक भएको बताएका छन् ।

युनाइटेड अरब इमिरेट्स (युएई)को दुबईमा आयोजना भएको सम्मेलनमा सहभागी भई नेपाल फर्कने क्रममा उनले यस पटकको सम्मेलनमा नेपालका मुद्दाबारे चर्चा हुनुका साथै प्राथमिकता पाएको उल्लेख गरे ।

कोप-२८ मा सहभागी भएर मन्त्री डा. महतो आज स्वदेश फर्किएका छन् । उनले सम्मेलनमा नेपालको सरकारी तथा गैरसरकारी प्रतिनिधिको एकै स्वर रहेको र यस पटक नेपालले आफ्ना मुद्दा जोडदार रूपमा उठाएको उल्लेख गरे । “यस पटक हामी वानडोर विन्डोज सिस्टमबाट प्रस्तुत भएका थियौँ । यसको परिणाम हाम्रा आवाज प्रभावकारी भएका छन्”, उनले भने ।

युएईको दुबईमा यही मङ्सिर १४ गतेदेखि सुरु भएको उक्त सम्मेलन मङ्सिर २६ गतेसम्म चल्नेछ । यस सम्मेलनको प्रारम्भमै अन्य सम्मेलनको तुलनामा हिमालका मुद्दाबारे चर्चा मात्र भएन यसले प्राथमिकतासमेत पाएको छ । मन्त्री डा. महतोले कोप-२८ को पूर्वसन्ध्यामा संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसले नेपाल भ्रमण गएको र नेपाललाई उच्च प्राथमिकतामा राखेकाले पनि यस पटक सम्मेलनमा नेपालका मुद्दाले विश्व मञ्चमा चर्चा भएको बताए ।

यस पटकको सम्मेलनमा नेपालको आफ्नै पेभिलियन भएकाले जलवायु परिवर्तनका बारेमा प्रभावकारी रूपमा छलफल तथा अन्तर्क्रिया गरिएको मन्त्री डा. महतोले जानकारी दिए । उनले डिसेम्बर ३ मा एसियाली विकास बैंकद्वारा आयोजित मन्त्रिस्तरीय कार्यक्रमलाई सम्बोधन गरेका थिए । यस्तै डिसेम्बर ३ मा नै बैंकद्वारा ‘लञ्चिङ मेलम्ची डिजास्टर ड्यामेज एसेसमेन्ट रिपोर्ट’ कार्यक्रमलाई पनि मन्त्री डा. महतोले सम्बोधन गरेका थिए ।

यस्तै डिसेम्बर ५ मा भने मन्त्री डा. महतोले ‘नेपाल मिटिगेशन इफोट्र्स : रोड टु नेट जिरो’ कार्यक्रममा र ‘स्केलिङ अप इन्भेष्टमेन्ट इन एड्यप्टेशन द्याट लिभ्स नो वन बिहाइण्ड’ विषयक उच्चस्तरीय कार्यक्रममा पनि सम्बोधन गरेका थिए । डिसेम्बर ६ मा उनले ‘बिल्डिङ ब्लक्स अफ क्लाइमेट एम्बिसनः पिपुल, नेचर, एण्ड एक्सन कार्यक्रम र लोकल्ली लेड एड्यप्टेशन प्राक्टिस इन नेपाल’ कार्यक्रममा सम्बोधन गरेका थिए ।

कोप-२८ नेपाल पेभेलियनमा डिसेम्बर ३ देखि ८ तारिखसम्म २५ वटा विभिन्न साइड इभेन्ट्स सञ्चालन भएका थिए । आगामी दिनमा यही पेभेलियनमा अन्य १४ भन्दा बढी साइड इभेन्ट्स हुने मन्त्री डा. महतोले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस