विपिन जोशीको रिहाइबारे परराष्ट्रमन्त्रीले गरे इजरायली विदेशमन्त्रीसँग कुराकानी « प्रशासन
Logo १६ बैशाख २०८१, आइतबार
   

विपिन जोशीको रिहाइबारे परराष्ट्रमन्त्रीले गरे इजरायली विदेशमन्त्रीसँग कुराकानी


२२ मंसिर २०८०, शुक्रबार


काठमाडौँ। परराष्ट्रमन्त्री एनपी साउदले इजरायलका विदेशमन्त्री एली कोहेनसँग टेलिफोन संवाद गरी हमासले बन्धक बनाएका नेपाली विद्यार्थी विपिन जोशीको रिहाइको लागि तदारुकता देखाउन अनुरोध गरेका छन् ।

मन्त्री साउदको सचिवालयका अनुसार शुक्रबार बिहान भएको टेलिफोन संवादमा इजरायली विदेशमन्त्री काहेनले जोशीको रिहाइका लागि आफूहरूले पहल गरिरहेको जानकारी दिएका छन् ।

‘विपिन जोशीको रिहाइका बारेमा हामीले आफ्नो तर्फबाट सकरात्मक प्रयास गरिरहेका छौँ । यसअघि युद्धविरामको समयमा रिहाइ गर्ने भरपुर कोशिस गरिएको थियो, त्यसलाई हामीले निरन्तरता दिइरहेका छौँ’, इजरायली विदेशमन्त्री कोहेनले साउदसँगको टेलिफोन संवादका क्रममा भने ।

परराष्ट्रमन्त्री साउद ‘दोहा २१ औँ फोरम’ मा सहभागी हुन शनिबार कतार जान लागेका छन् । कतार भ्रमणका क्रममा परराष्ट्रमन्त्री साउदले जोशीको रिहाइको पनि पहल गर्ने बताइएको छ ।

यसअघि ८ मंसिरमा साउदले कतारका विदेश राज्यमन्त्री सुल्तान बिन साद अल मुखैरीसँग मन्त्रालयमा भएको भेटमा पनि रिहाइका लागि पहल गरिदिन आग्रह गरेका थिए ।

Tags :
प्रतिक्रिया दिनुहोस