जसपाको तीन दिने प्रशिक्षण सकियो « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

जसपाको तीन दिने प्रशिक्षण सकियो


२२ मंसिर २०८०, शुक्रबार


काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा), नेपालको लुम्बिनी प्रदेशस्तरीय तीन दिने राजनीतिक तथा वैचारिक प्रशिक्षण सकिएको छ । प्रदेश समितिको आयोजनामा रुपन्देहीको लुम्बिनीमा मंसिर १९ देखि २२ गतेसम्म उक्त प्रशिक्षण भएको हो ।

जसपा लुम्बिनी प्रदेश अध्यक्ष अशोक कुमार यादवका अनुसार प्रशिक्षण कार्यक्रममा पार्टीका केन्द्रीय अध्यक्ष एवं पूर्व उपप्रधानमन्त्री उपेन्द्र यादव, केन्द्रीय कार्यकारिणी समिति सदस्य राजेन्द्र प्रसाद श्रेष्ठ, रकम चेम्जोङ, केन्द्रीय कार्यकारिणी समिति सदस्य तथा लुम्बिनी प्रदेश इन्चार्ज राजकिशोर यादव, राजनीतिक समिति सदस्य डा. पुष्पराज राजकर्णिकार, अर्जुन थापा र मनिकर कार्कीले प्रशिक्षण दिएका थिए ।

प्रदेश अन्तर्गतका केन्द्रीय कार्यकारिणी समिति सदस्य, केन्द्रीय समिति, संघीय परिषद् सदस्य, प्रदेश समिति सदस्य, १२ वटै जिल्लाका पदाधिकारी, स्थानीय तहका प्रमुखहरू गरी १२५ जनाको उपस्थिति रहेको थियो ।

Tags :
प्रतिक्रिया दिनुहोस