नेपाल-भारत सीमा स्तम्भको मर्मत र रङ्गरोगन शुरु « प्रशासन
Logo ८ जेष्ठ २०८१, मंगलबार
   

नेपाल-भारत सीमा स्तम्भको मर्मत र रङ्गरोगन शुरु


२२ मंसिर २०८०, शुक्रबार


काठमाडौँ । नेपाल-भारत सीमाअन्तर्गत दाङ क्षेत्रमा पर्ने सीमा स्तम्भहरूको मर्मत र रङ्गरोगन थालिएको छ । अहिले ३५ वटा सीमा स्तम्भ (पिलर) को मर्मत र रङ्गरोगन गर्ने काम भइरहेको छ ।

कपिलवस्तुदेखि बाँकेको सीमासम्म पर्ने झन्डै ८३ किलोमिटर नेपाल-भारत सीमा क्षेत्र छुट्याउने ७७ मध्ये ३५ वटा सीमा स्तम्भको मर्मत र रङ्गरोगन गर्ने काम शुरु भएको सशस्त्र प्रहरी बल ज्वालामाई गण भालुवाङले जनाएको छ ।

यसअघि २०७४-०७५ तिर नापी विभागकै टोलीले जिल्लामा सीमा स्तम्भको मर्मत गरेको थियो ।

अहिले सीमा क्षेत्रमा सशस्त्र प्रहरी र भारतीय सीमा सुरक्षा बलको तर्फबाट सीमा स्तम्भको सरसफाइ, रङ्गरोगन र मर्मतको काम भइरहेको प्रहरीले जनाएको छ ।

दाङमा ३७ वटा मुख्य र ४० वटा सहायक सीमा स्तम्भ रहेका छन् । जसमध्ये १४ वटा मुख्य र २१ वटा सहायक सीमा स्तम्भको अहिले नेपालले मर्मत गर्न थालेको छ ।

दुई देशीय सम्झौताअनुसार जोर अङ्कका सीमा स्तम्भ मर्मतको जिम्मा पाएको भारतले भने यसअघि नै काम गरिसकेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस