२० बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

२७ बुँदे काठमाडौँ घोषणापत्र जारी गर्दै सकियो एसियाली निर्वाचन सरोकारवाला मञ्चको सम्मेलन

अ+ अ-

काठमाडौँ । ‘दिगो लोकतन्त्रको निर्माण: निर्वाचनका चुनौती र अवसरको सम्बोधन’ विषयक एसियाली निर्वाचन सरोकारवाला मञ्चको दुई दिने छैटौँ सम्मेलन २७ बुँदे काठमाडौँ घोषणापत्र जारी गर्दै सम्पन्न भएको छ । परराष्ट्रमन्त्री एनपी साउदले बुधबार उद्घाटन गरेको सम्मेलन बिहीबार २७ बुँदे काठमाडौँ घोषणापत्र जारी गर्दै सम्पन्न भएको हो ।

नेपाल र अन्य देशका विज्ञले सातवटा विषय अन्तर्गत २४ वटा शीर्षकका विषयमा कार्यपत्र प्रस्तुति गरेपछि ती विषयमाथि गहन छलफल गर्दै २७ बुँदे काठमाडौँ घोषणापत्र जारी गरिएको प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले जानकारी दिए ।

दुई दिनसम्म चलेको सम्मेलनको पनि परराष्ट्रमन्त्री साउदले समापन गर्दै सम्मेलनका संयुक्त आयोजक निर्वाचन आयोग, नेपाल र एनफ्रेललाई बधाई तथा धन्यवाद व्यक्त गर्नुका साथै सम्मेलनमा उठेका तथा आदानप्रदान भएका अनुभवले निर्वाचन व्यवस्थापनको सुधारमा थप टेवा पुगी आगामी दिनमा निर्वाचनलाई स्वच्छ, स्वतन्त्र र विश्वसनीय बनाउन सहयोग पुग्ने बताए ।

सम्मेलनको अध्यक्षता गरेका प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले लोकतान्त्रिक मूल्य, मान्यता र प्रतिबद्धतालाई थप सुदृढ गर्न फोरमले थप मार्गदर्शन दिने विश्वास व्यक्त गर्दै निर्वाचनमा नागरिकको व्यापक सहभागिता खोज्न र लोकतन्त्रलाई परिणाममुखी बनाउन सामूहिक प्रतिबद्धता आवश्यक रहेकोमा जोड दिएका छन् । उद्घाटन सत्रका प्रमुख वक्ता पूर्व भारतीय प्रमुख निर्वाचन आयुक्त एसवाई कुरैशीले निर्वाचन व्यवस्थापन सुधारको विषय वृहत्, निरन्तर र चुनौतीपूर्ण रहेको र यस्ता फोरमबाट असल अभ्यासको सिकाइ सबै निर्वाचन व्यवस्थापन निकायका लागि एक महत्त्वपूर्ण अवसरको रूपमा रहने बताएका थिए ।

प्रतिक्रिया दिनुहोस