५६ बोरा चिनीसहित २ जना पक्राउ « प्रशासन
Logo २४ बैशाख २०८१, सोमबार
   

५६ बोरा चिनीसहित २ जना पक्राउ


२१ मंसिर २०८०, बिहिबार


बुटवल । रुपन्देही प्रहरीले ५६ बोरा अवैध चिनीसहित २ जना व्यक्तिलाई पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय बेथरीबाट खटिएको प्रहरी टोलीले बुधबार राति कारोबारमा संलग्न व्यक्तिसहित मायादेवी गाउँपालिका-५ पर्सहवाबाट झन्डै १२ लाख रुपैयाँ बराबरको चिनी र पिकअप भ्यान बरामद गरेको हो ।

जिल्ला प्रहरी कार्यालयका अनुसार चिनी ल्याउँदै गरेका बुटवल उपमहानगरपालिकाका ३२ वर्षे ईश्वर भुसाल २० वर्षे अर्जुन कुँवरलाई नियन्त्रणमा लिइएको हो । । उनीहरूले लु २ च २४ नम्बरको पिकअप गाडीमा भारतबाट लुकाइछिपाइ भन्सार छली नेपालतर्फ अवैध रूपमा चिनी ल्याउँदै गरेको प्रहरीको भनाई छ ।

प्रहरीले पक्राउ परेको गाडी र चिनी आवश्यक कारबाहीको लागि भैरहवा भन्सार कार्यालय बेलहिया रुपन्देहीमा पठाइएको अधिकारीले जनाएका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस