मेसी टाइम म्यागजिनको ‘एथ्लेट अफ दि इअर’ घोषित « प्रशासन
Logo २० बैशाख २०८१, बिहिबार
   

मेसी टाइम म्यागजिनको ‘एथ्लेट अफ दि इअर’ घोषित


२० मंसिर २०८०, बुधबार


काठमाडौँ । अर्जेन्टिना तथा इन्टर मायमीका फरवार्ड लिओनल मेसीले टाइम म्यागजिनको ‘एथ्लेट अफ दि इअर’ अवार्ड जितेका छन् ।

गत जुलाईमा मेजर सकर लिग टोली इन्टर मायमीमा अनुबन्ध भएका मेसीले सबैखाले प्रतियोगितामा गरी १४ खेलमा ११ गोल गरेका थिए । उनकै उत्कृष्ट प्रदर्शनमा इन्टर मायमीले क्लब इतिहासमै पहिलो उपाधिको रूपमा लिग्स कपको उपाधि जितेको थियो । ३६ वर्षीय मेसीले अक्टोबरमा कीर्तिमानी आठौँ पटक बालोन डे’ओर अवार्ड समेत जितेका थिए ।

‘लिओनल मेसीले यो वर्ष असम्भव देखिने उपलब्धिहरू हासिल गरेका छन् । जब उनले इन्टर मायमीसँग सम्झौता गरे अनि अमेरिकालाई एउटा फुटबल देशको रूपमा चिनाएका,’ टाइमले लेखेको छ ।

यस्तै टाइमसले मेसीको आगमनले रङ्गशालामा दर्शकको उपस्थिति, टिकटको मूल्य र मर्चेन्डाइज बिक्रीमा उल्लेख्य वृद्धि तथा एमएलएस खेलको दर्शक बढाउन महत्त्वपूर्ण योगदान गरेको जनाएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस