चीनले दियो तालिबान राजदूतलाई आधिकारिक मान्यता « प्रशासन
Logo ९ फाल्गुन २०८०, बुधबार
   

चीनले दियो तालिबान राजदूतलाई आधिकारिक मान्यता


२० मंसिर २०८०, बुधबार


काठमाडौँ । चीनले तालिबान सरकारले तोकेका कुटनीतिज्ञलाई अफगानिस्तानका राजदूतको हैसियत दिएको छ । योसँगै चीन तालिबानलाई आधिकारिक मान्यता दिने पहिलो देश बनेको छ ।

चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता वाङ वेनबिनलाई मङ्गलवार एक मिडिया ब्रिफिङका क्रममा के चीनले तालिबानलाई अफगानिस्तानको वैध सरकारको रूपमा मान्यता दिन्छ भनेर सोधिएको थियो । यो प्रश्नको जवाफमा मन्त्रालयका प्रवक्ता वेनबिनले भने, ‘अफगानिस्तानलाई अन्तर्राष्ट्रिय समुदायबाट बहिष्कृत गर्न नहुने चीनको मान्यता छ ।’

यसअघि पनि तालिबानले तोकको बिलाल करीमीलाई चीनले राजदूतको हैसियत दिएको खबर बाहिर आएको थियो ।

सन् २०२१ को अगस्टमा अमेरिकी सेना फिर्ता भएपछि तालिबान दोस्रो पटक अफगानिस्तानको सत्तामा आएको थियो । त्यसपछि पाकिस्तान र रुससँगै काबुलमा आफ्नो दूतावास कायम गर्ने तेस्रो देश चीन थियो ।

भर्खरै भारतमा रहेको अफगानिस्तानको दूतावास बन्द गरिएको छ । अहिले तालिबान सरकारले भारतमा नयाँ दूतावास खोल्ने इच्छा व्यक्त गरेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस