टिकटक प्रतिबन्धविरुद्ध परेको रिट निवेदन न्यायाधीशद्वय माथेमा र शर्माको संयुक्त इजलासमा « प्रशासन
Logo १५ बैशाख २०८१, शनिबार
   

टिकटक प्रतिबन्धविरुद्ध परेको रिट निवेदन न्यायाधीशद्वय माथेमा र शर्माको संयुक्त इजलासमा


१९ मंसिर २०८०, मंगलबार


काठमाडौँ । सामाजिक संञ्जाल टिकटकमाथि प्रतिबन्ध लगाउने सरकारको निर्णयविरुद्ध परेको रिट निवेदनमाथि सर्वोच्च अदालतमा आज सुनुवाइ हुँदैछ ।

टिकटकमाथि प्रतिबन्ध लगाउने सरकारको निर्णयलाई चुनौती दिँदै दायर भएका विभिन्न रिट निवेदनका सम्बन्धमा सुनुवाइ गर्न सर्वोच्च अदालतका न्यायाधीशद्वय सुष्मालता माथेमा र विनोद शर्माको संयुक्त इजलासमा पेसी तोकिएको छ ।

ती रिट निवेदनमाथि यसअघि सर्वोच्चले कारण देखाऊ आदेश जारी गर्दै आजका लागि पूर्ण सुनुवाइको मिति तय गरेको थियो ।

टिकटक प्रतिबन्ध लगाउने सरकारको निर्णयमा न्यायाधीश विनोद शर्माको इजलासले १४ रिटको एकसाथ प्रारम्भिक सुनुवाइ गर्दै सरकारका नाममा कारण देखाऊ आदेश जारी गरेको थियो ।

न्यायाधीश शर्माको इजलासले मंसिर १५ भित्र टिकटक बन्द गर्नुको कारणसहितको लिखित जवाफ पेस गर्न आदेश गरेको थियो । गत २७ कात्तिकमा मन्त्रिपरिषद्को निर्णयबाट सरकारले समाजिक सञ्जाल टिकटकमाथि प्रतिबन्ध लगाउने निर्णय गरेको थियो ।

Tags :
प्रतिक्रिया दिनुहोस