नेकपा एसको सचिवालय बैठक आज पनि बस्दै « प्रशासन
Logo २० बैशाख २०८१, बिहिबार
   

नेकपा एसको सचिवालय बैठक आज पनि बस्दै


१९ मंसिर २०८०, मंगलबार


काठमाडौँ । नेकपा एकीकृत समाजवादी (एस) सचिवालय बैठक आज पनि बस्दै छ । बैठक पार्टी केन्द्रीय कार्यालय आलोकनगरमा बिहान ११ बजे बस्नेछ ।

पार्टीको राष्ट्रिय महाधिवेशनको मिति तय गर्न आज बैठक बस्न लागेको पार्टीका उपमहासचिव एवं प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले बताए ।

यसअघि सोमबार बसेको बैठकले राष्ट्रिय सभाको निर्वाचनमा सहभागी हुने निर्णय गर्दै निर्वाचन आयोगमा दल दर्ता गर्ने निर्णय गरेको थियो ।

आजको बैठकमा अन्तरपार्टी निर्देशनमा नेताहरूको जिम्मेवारी हेरफेर, र कार्यविभाजन गर्नेदेखि विभिन्न कमिटीमा प्रतिनिधि मनोनयनलगायत आन्तरिक विवाद समाधान गर्न छलफल गरिने खतिवडाले जानकारी दिए ।

Tags :
प्रतिक्रिया दिनुहोस