काठमाडौँ। साउदी अरबका विभिन्न स्थानमा इ-पासपोर्ट नवीकरण क्याम्प सञ्चालन गरिने भएको छ ।
नेपाली कन्सुलेट जनरल जेद्दा साउदी अरबले आफ्नो कार्यक्षेत्रका विभिन्न स्थानमा नवीकरण क्याम्प सञ्चालन गर्न लागेको हो । मंसिर २२ गते (८ डिसेम्बर २०२३) मा ताबुक तथा सो वरपरका क्षेत्रका लागि इ-पासपोर्ट नवीकरण क्याम्प सञ्चालन गर्न लागिएको हो ।
इ-पासपोर्ट नवीकरणका लागि अनलाईन/प्रि-इनरोलमेन्ट फाराम (फाराम भर्दा ३४ पानाको भर्नुपर्ने), सक्कल राहदानी र सोको प्रतिलिपि, नागरिकताको प्रतिलिपि (उपलब्ध भएमा सक्कल समेत) पेश गर्नुपर्नेछ ।
राहदानी नवीकरण दस्तुरका लागि २०० साउदी रिलय दस्तुर लाग्नेछ । हराएको/बिग्रिएको/च्यातिएको राहदानी नवीकरणका लागि भने ४०० साउदी रियल दस्तुर लाग्ने नेपाली कन्सुलेट जनरलले जनाएको छ ।