२३ बैशाख २०८२, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

मन्त्री शर्माको दाबी : ‘देशको रूपान्तरण माओवादी नेतृत्वबाट मात्रै सम्भव छ’

अ+ अ-

काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले देशको रूपान्तरण माओवादी नेतृत्वबाट मात्रै सम्भव भएको बताएकी छन् ।

नेकपा माओवादी केन्द्र प्युठानको सरुमारानी गाउँपालिकामा आयोजित विशेष रूपान्तरण अभियानअन्तर्गत आयोजित सभालाई सम्बोधन गर्दै उनले देशको समृद्धि र जनताको जीवन परिवर्तन गर्ने महान् अभियानबाट आएको पार्टी भएकाले माओवादी नेतृत्वबाटै देशको रूपान्तरण सम्भव हुने दाबी गरिन् ।

देशको विकास निर्माण र समृद्धिका लागि माओवादी पार्टी जति अरु कसैले गर्न नसक्ने उल्लेख गर्दै उनले माओवादीले जितेका सबै तहका सरकारले नमुना काम गरिरहेको बताइन् ।

माओवादी नेतृत्वको सरकारले सुशासन, समृद्धि र सामाजिक न्यायलाई मार्गदर्शनको रूपमा लिएको उल्लेख गर्दै मन्त्री शर्माले त्यसको प्रतिफल प्राप्त हुन थालेको बताइन् ।

विद्यार्थीको हातमा समयमै पाठ्यपुस्तक पुग्नु, मल आपूर्ति सहज बन्दै जानु, सेवा प्रवाहका कार्यालयहरूमा लाइनमुक्त बन्दै जानुले सेवा प्रवाहको क्षेत्रमा आशा जगाएको उनको भनाइ थियो ।

मन्त्री शर्माले नक्कली भुटानी शरणार्थी, सुनकाण्ड जस्ता ठूला भ्रष्टाचारका घटनामा सरकारले लिएको अडानले सुशासनको क्षेत्रमा नयाँ सन्देश दिएको बताइन् । नेकपा माओवादी केन्द्रकी स्थायी समिति सदस्यसमेत रहेका मन्त्री शर्माले काम गर्ने क्रममा भएका कमीकमजोरीप्रति माफी मागेर अघि बढ्न नेता कार्यकर्ताहरूलाई आग्रह गरिन् ।

उनले सबै छरिएका माओवादी एक भएर जनतालाई गोलबन्द गर्नुपर्ने अहिलेको आवश्यकता भएको जनाइन् । २०६४ सालमा माओवादीलाई पहिलो शक्ति बनाए पनि त्यसपछि जनताले माओवादीको फुट र विभाजन मन नपराएको उल्लेख गर्दै उनले परिवर्तनकारी शक्तिबीचको एकता अनिवार्य भएको बताइन् ।

माओवादीसित जनता एजेन्डाका कारण नभई माओवादीकै नेता कार्यकर्ताको शैलीका कारण रिसाएको उनले स्पष्ट पारिन् ।

सभाकै क्रममा उनले एमाले सरुमारानी गाउँ कमिटी सदस्य चिन्ताबहादुर लोहारसहित विभिन्न व्यक्तिलाई पार्टी प्रवेश गराउँदै सदस्यता प्रदान गरेकी थिइन् ।

प्रतिक्रिया दिनुहोस