२३ बैशाख २०८२, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

विश्वास गर्नुस्, हामी अरू पार्टी जस्तो हुँदै होइनौँ : रवि लामिछाने  

अ+ अ-

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले पुराना पार्टीहरूभन्दा आफ्नो पार्टी फरक रहेको जिकिर गरेका छन् । मलेसिया भ्रमणमा गएका उनले त्यहाँको नेपाली समुदायलाई आज सम्बोधन गर्दै रास्वपाका सांसदहरूले नै संसद्को गरिमा जोगाइरहेको दाबी गरे ।

हालै रास्वपाले आफ्नो विधानसमेत मिचेर पदाधिकारीहरू मनोनयन गरेको विषयमा चर्को आलोचना भएको थियो । रविले आवश्यकताका आधारमा विधान संशोधन गरिएको भन्दै उनले पार्टी निर्णयको बचाउ गरे ।

लामिछानेले भने, ‘हिजो सुरुवातका दिनमा थोरै साथीहरू बसेर विधानलाई लिपिबद्ध गरेका हौँ । यसमा सबै कुरा समेट्न गाह्रो थियो । अब टिमलाई फराकिलो बनाएर कामको बाँडफाँट गरेर लानुपर्नेछ । आवश्यक सुधार र संशोधन आवश्यक पर्छ । जुन दिन जिम्मेवारी पूरा गर्दैनन्, म ४८ घण्टा वा २४ घण्टा होइन, १२ घण्टा पनि पर्खिन सक्दिनँ । एक घण्टाभित्र कारबाही गर्छु ।’

‘कुनै चर्चित र लोकप्रिय विश्लेषकले यिनीहरू पनि उस्तै हुन् भन्दा विदेशमा पसिना बगाइरहेका तपाईंहरुलाई हो कि क्या हो भन्ने लाग्न सक्छ । तर, होइन, कुनै हालतमा होइन । कुनै हालतमा अरू पार्टी जस्तो हुन नदिने वचनबद्धता म व्यक्त गर्छु । रास्वपा पुरानो कुनै अर्को पार्टी जस्तो हुनै सक्दैन ।’

‘रास्वपाले बाटो बिराएछ भने मलाई मलेसियामा प्रवेश निषेध गर्नुहोला । एयरपोर्टमा रोक्नुहोला । जुन दिन हामीले इमान छाड्छौँ, त्यो दिन पार्टीको सदस्यता च्यातेर समुद्रमा फ्याँक्दिनुहोला ।’

‘यो देशमा योग्य क्षमतावान् व्यक्ति धेरै छन् । आज नेपालको सदन सदन जस्तो भएको छ । बाँकी दलका सांसद तराजुको एउटा साइडमा र रास्वपाका २१ सांसदलाई अर्को साइडमा राखेर हेर्नुस् । भारी को छ आफैँ जोख्नुस् । २१ जनाले सांसदको गरिमा जोगाएका छौँ । हामी अर्को राजनीतिको पसल थाप्न आएका होइनौँ ।’

प्रतिक्रिया दिनुहोस