रुपन्देहीमा स्कुल बसको ठक्करबाट २ जनाको मृत्यु « प्रशासन
Logo १६ बैशाख २०८१, आइतबार
   

रुपन्देहीमा स्कुल बसको ठक्करबाट २ जनाको मृत्यु


१६ मंसिर २०८०, शनिबार


काठमाडौँ । रुपन्देहीमा स्कुल बसको ठक्करबाट मोटरसाइकलमा सवार दुई जनाको मृत्यु भएको छ । 

शनिबार बिहान ९ बजेतिर लुम्बिनी सांस्कृतिक नगरपालिका– ४ महुबारी लुम्बिनी  ककरहवा सडक खण्डमा गैंडहवा गाउँपालिका सुर्यपुरा स्थित सिद्धार्थ बोर्डिंङ स्कुलको लु१क १७७८ नम्बरको बसले लु ३७ प ८४८२ मोटरसाइकललाई पछाडिबाट ठक्कर दिँदा दुई जनाको मृत्यु भएको हो ।

बसको ठक्करबाट मोटरसाइकलमा सवारहरूको मृत्यु भएपछि आक्रोशित स्थानीयले स्कुल बसमा आगो लगाएका छन् भने शवलाई सडकमै राखेर प्रदर्शन गरिरहेका छन् । 

घटनामा मोटरसाइकलमा सवार लुम्बिनी सांस्कृतिक नगरपालिका वडा नं ४ का २१ वर्षीय मोहम्मद इरसाद र १६ बर्षीया रुविना खातुनको मृत्यु भएको छ भने मोटरसाइकलमा सवार सोही ठाउँकै १७ वर्षीया अप्सना खातुन गम्भीर घाइते भएको प्रहरीले जानकारी दिएको छ ।

उनको भैरहवा स्थित युनिभर्सल मेडिकल कलेजमा उपचार भइरहेको प्रहरीले जनाएको छ । घटनापछि बस चालक भने फरार रहेको र उनको खोजी कार्य भइरहेको छ । 

Tags :
प्रतिक्रिया दिनुहोस