शेखर कोइरालाले भने-नेतृत्व परिवर्तन नगर्दासम्म काँग्रेसप्रति आकर्षण बढ्दैन  « प्रशासन
Logo १ जेष्ठ २०८१, मंगलबार
   

शेखर कोइरालाले भने-नेतृत्व परिवर्तन नगर्दासम्म काँग्रेसप्रति आकर्षण बढ्दैन 


१५ मंसिर २०८०, शुक्रबार


काठमाडौँ । नेपाली काँग्रेसका केन्द्रीय सदस्य डा. शेखर कोईरालाले काँग्रेसको केन्द्रीय महाधिवेशन कुनैपनि बहानामा सार्न नहुने बताएका छन् । उनले पहिले महाधिवेशन गरेर मात्र ०८४ सालको चुनावमा भाग लिनुपर्ने उल्लेख गरे । नेतृत्व परिवर्तन नगर्दा काँग्रेसप्रति आकर्षण नबढ्ने दाबी गरे ।

काँग्रेस पश्चिम नवलपरासीको प्रथम जिल्ला भेलालाई शुक्रबार सम्बोधन गर्दै कोईरालाले यही नेतृत्वले पार्टी र जन चाहनाअनुसार काम गर्न नसक्ने बताए । काँग्रेसको भविष्य सुरक्षित गर्न दुई वर्षभित्र कुनै पनि बहाना नगरी पार्टीको सबै तहको अधिवेशन गर्न कार्यकर्ताले दबाब दिनुपर्ने उनले बताए ।

सम्मेलनमा बोल्दै कोईरालाले नेतृत्व परिवर्तन गरेर आगामी स्थानीय तहको चुनावमा काँग्रेसले गठबन्धन नगरी चुनाव लड्ने दाबी गरे । 

कार्यकर्तामा पार्टीको नेतृत्व प्रति वितृष्णा छ । यो नेतृत्व परिवर्तन नगर्दासम्म जनतामा काँग्रेसप्रतिको आकर्षण बढ्न सक्दैन,’उनले भने,‘ आफू मात्र नेता बन्ने जनचाहना अनुसार नेतृत्व परिवर्तन हो , अब , शीर्ष नेताले सोच्ने समय आएको छ ।’

जनताहरूमा सङ्घीयताको विषयमा वितृष्णा पैदा हुनुमा प्रदेश र स्थानीय तहलाई कमजोर बनाएर केन्द्रले नै हस्तक्षेप गर्नुको उपज भएको बताए ।

Tags :
प्रतिक्रिया दिनुहोस